स्वास्थ्य मन्त्री खतिवडा र अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूद्धारा‘फाइजर–बायोएनटेक’ खोप केन्द्रको अवलोकन

मंसिर २, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा र अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको फाइजर खोप केन्द्र अवलोकन गर्नुभएको छ ।

बिहीवार स्वास्थ्य मन्त्री खतिवडासहित अमेरिकी सहायक विदेशमन्त्री लूको टोलीले अमेरिकाले अनुदानमा उपलब्ध गराएको कोरोनाबिरुद्धको भ्याक्सिन ‘फाइजर–बायोएनटेक’ खोप केन्द्रको अवलोकन गर्नुभएको हो । खोप केन्द्र अवलोकनपछि स्वास्थ्यमन्त्री खतिवडाले कोरोनाबिरुद्धको फाइजर बायोएनटेक खोप ६० लाख मात्रा नेपाल ल्याउन सम्झौता गरिसकेको बताउनुभयो । उहाँले फाइजरको खोप ल्याउन भूक्तानिका लगि सरकारबाट निर्णय भइसकेको पनि बताउनुभयो । मन्त्री खतिवडाले अबको एक महिना भित्र नेपालको हरेक भागमा खोपको शुरुवात गर्ने बताउनुभयो । उहाँले अहिले खोपको अभाव कतै नभएको बताउँदै २४ घण्टा नै काठमाडौं उपत्यकाका ५ अस्पतालमा खोप लगाइने बताउनुभयो । मन्त्री खतिवडाले सरकारले कर्मचारीलाई दिने भनेको जोखिम भत्ता उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले नेपालीहरुलाई कोरोनाबिरुद्धको भ्याक्सिन सहयोग गर्न पाएकोमा खुशी रहेको बताउनुभयो । उहाँले फाइजर भ्याक्सिनले दीर्घरोगीहरुलाई कोरोनाबाट सुरक्षित राख्ने र कोरोनाबिरुद्धको लडाइँमा अहोरात्र खटिएका डाक्टर, नर्स र हेल्थ वर्कर्सहरु नै बास्तविक हिरो भएको बताउनुभयो । सहायकमन्त्री लुले फाइजर खोप बालबालिकाका लागि सुरक्षित रहेकाले ढुक्क भएर लगाउन आह्वान गर्नुभयो ।

मन्त्री लूले नेपाललाई आगामि दिनमा सहयोग गरिरहने बताउँदै नेपालले मागेको कोरोनाबिरुद्धको खोप चाँडै उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो । अमेरिकी सरकारले नेपाललाई अनुदानमा दिएको फाइजर खोपको १ लाख ६२० डोज गत कात्तिक आठ गते काठमाडौँ आएको थियो । सो खोपको पहिलो मात्रा अपांगता भएका १२ वर्षमाथिका बालबालिकाहरुलाई गत कात्तिक २८ गतेबाट लगाउन शुरु गरिएको छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

टाटा मोटर्सको प्यासेन्जर भेहिकल एक्सचेन्ज क्याम्प शुक्रबारबाट हुने

Thu Nov 18 , 2021
  मंसिर २, काठमाडौं ।नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक सिप्रदी ट्रेडिङ्गले टाटा मोटर्स प्यासेन्जर भेहिकल एक्सचेन्ज क्याम्प कार्यक्रमकोे आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम यहि मंसिर०३ देखि ०७ गतेसम्म (१९ नोभेम्वर देखि २३ नोभेम्वर, २०२१) सम्म नेपालभरि रहेका टाटा मोटर्सको सोरुमहरुमा आयोजना गर्न लागेको सिप्रदी ट्रेडिङ्गले जनाएको […]