प्रतिनिधि छनौट भइरहेका स्थानमा सकेसम्म सर्वसम्मत्को प्रयास गर्न नेता, कार्यकर्ताहरुलाई सभापति देउवाको आग्रह

मङ्सिर ६, काठमाडौ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत प्रतिनिधि छनौट भइरहेका स्थानमा सकेसम्म सर्वसम्मत्को प्रयास गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले प्रतिनिधि छनौटको सम्बन्धमा हारजितको भन्दा पनि सर्वसम्मत् चयनको बाटो रोज्नु उपयुक्त हुने बताउनुभएको हो । उहाँले वडा, क्षेत्र, जिल्ला र प्रदेश सबै तहमा सर्वसम्मतको प्रयास सफल भए केन्द्रिय प्रतिनिधि छनौटमा समेत सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।

उहाँले आफु सर्वसम्मत्को पक्षमा रहेको भन्दै काँग्रेसलाई एक ढिक्का बनाएर अघि लैजानुको विकल्प नभएको बताउनुभयो । देवानगञ्ज पुग्नुभएको प्रधानमन्त्री देउवाले वीपी कोइरालाको शालिक अनावरण समेत गरेका गर्नुभएको थियो ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पहिलो प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता हुने

Mon Nov 22 , 2021
मङ्सिर ६, काठमाडौ । पहिलो प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने भएको छ । सोमबार नेपाली सेनाले पत्रकार सम्मेलन गरी पहिलो प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने जानकारी गराएको हो । प्रतियोगितामा खुला्तर्फ महिला र पुरुष गरी ४ प्रतिष्पर्धा हुनेछन् भने भेट्रानतर्फ विभिन्न उमेर समूहमा ७ वटा र एक अन्तर […]