ओली अदालतको सो फैसलालाई मान्य पक्षमा नरहेको माधवकुमार नेपालको दावी

पुस ५,काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)ले सर्वोच्च अदालतको फैसला विपरित संसद अवरुद्ध पारिरहेको बताउनु भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु अघि दलको ह्वीप नलाग्ने सर्वोच्च अदालतको फैसला विपरित गएर एमालेले संसद अवरुद्ध पार्ने काम गरिरहेको आरोप लगाउनु भएको हो । आईतबार काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्च घोषणा सभामा बोल्दै उहाँले केपी ओली अदालतको सो फैसलालाई मान्य पक्षमा नरहेको दावी समेत गर्नु भयो ।

उहाँले सर्वोच्च अदालतको सो फैसलालाई अस्वीकार गर्दै संसद अवरुद्ध पारेर नेकपा एमालेले संविधानलाई नै चुनौति दिने काम गरेको तर्क समेत गर्नु भयो । अध्यक्ष नेपालले अदालतको फैसलालाई स्विकार नगर्नेले संविधानको ढाडस् दिँदै संसद अवरोध गर्नुको कुनै अर्थ नहुने दोहोर्‍याउनु भयो ।

अध्यक्ष नेपालले एमालेले अदालतमा विचाराधिन मुद्धालाई उठान गरेर संसद अवरुद्ध पार्न नपाउने पनि बताउनु भयो । आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको दावी गर्दै उहाँले विरोधीहरुमा छटपटाहट आएको बताउनु भयो ।

 

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्भडहलका लागि जग्गा उपलब्ध गराउने मन्त्रीको प्रतिबद्धता

Mon Dec 20 , 2021
पुस ५,काठमाडौं । राष्ट्रिय खेलको मान्यता पाएको भलिबल संघलाई कर्भहल निर्माणका लागि युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । बंगलादेशको ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा सहभागी हुने नेपाली टोली पुरुष तथा महिला टोलीलाई नेपाल भलिबल संघले आयोजना गरेको […]