नेपाल बारको आन्दोलन जारी

मङ्सिर २१ ,काठमाडौं । प्रधानन्याायधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आज पनि सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन गरेको छ ।

मंगलबार पनि नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशनसहितका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बिरोध प्रदर्शन गरेका हुन् । बिरोध प्रदर्शनका क्रममा नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा नदिइकन कानमा तेल हालेर बस्दा न्याय सुसञ्चालन हुन नसकेको बताउनु भयो । उहाँले न्याय बेचबिखन गर्न र न्यायपालिकामा पुगेका आम मानिसहरुलाई न्याय नदिने काममा प्रधानन्यायाधीश जबरा लागिरहेको आरोप समेत लगाउनु भयो । अध्यक्ष श्रेष्ठले प्रधान्यायाधीश जबराको बहिर्गमन हुन अब धेरै समय नलाग्ने दाबी गर्नुभयो ।

अध्यक्ष श्रेष्ठले आजै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रधानन्यायाधीश जबराको राजीनामाका बारेमा छलफल गर्ने बताउनु भयो । नेपाल बार एशोसिएशनसहित देशभरका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कार्तिक १४ गतेदेखि सर्वोच्च अदालत परिसरमा धर्ना दिइरहेका छन् ।

 

 

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेप्से परिसूचक ३७ दशमलव १८ अंकले गिरावट

Tue Dec 7 , 2021
मङ्सिर २१ ,काठमाडौं । सोमबार ३२ दशमलव २२ अंकले बढेको शेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार पुनः गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ३७ दशमलव १८ अंकले घटेर २ हजार ५०८ दशमलव ९१ बिन्दुमा झरेको छ । आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६ दशमलव ८५ अंकले […]