नेप्से परिसूचक ३७ दशमलव १८ अंकले गिरावट

मङ्सिर २१ ,काठमाडौं । सोमबार ३२ दशमलव २२ अंकले बढेको शेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार पुनः गिरावट आएको छ ।

मंगलबार नेप्से परिसूचक ३७ दशमलव १८ अंकले घटेर २ हजार ५०८ दशमलव ९१ बिन्दुमा झरेको छ । आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६ दशमलव ८५ अंकले घटेर ४७४ दशमलव १३ बिन्दुमा झरेको छ ।

आज कारोबारमा आएका २३१ कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता शेयर ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७ सय रुपैयाँको शेयर कारोबार भएको छ । आज बजारसँगै कारोबार रकम समेत घटेको छ । सोमाबार ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपैयाँ बराबरको कारोबार भएको थियो । आजको कारोबारमा नेप्सेका १३ उपसमूहमध्ये व्यापार र म्यूचुअल फण्ड बाहेक सबै उपसमूह घटेको देखिएको छ । बैंकिङ १३ दशमलव ५५, विकास बैंक १४० दशमलव ९५, जलविद्युत ७४ दशमलव ६९, फाइनान्स ९० दशमलव ०८, निर्जीबन बीमा १६० दशमलव ९८, जीवन बीमा ७३ दशमलव ९४ उत्पादन तथा प्रशोधन ९२ दशमलव ०३, माइक्रोफाइनान्स समूहको उपसूचक ७२ दशमलव ५६ अंकले घटेको छ ।

आज कारोबारमा आएको आईसीएफसी फाइनान्सको शेयरमूल्य सबै भन्दा बढी ७ दशमलव ६५ प्रतिशत घटेको छ । त्यसरी कालिका माइक्रोफाइनान्स र सिनर्जी पावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ। कारोबार रकमका आधारमा आज प्राइम कमर्सियल बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको १२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । महालक्ष्मी विकास बैंक र अपि पावरको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारी नियामक निकायले शेयर बजारलाई लगाम लगाउने नीति अंगाल्दा बजार निरन्तर गिरावटमा : अध्यक्ष पोखरेल

Tue Dec 7 , 2021
मङ्सिर २१ ,काठमाडौं ।  नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सरकारी नियामक निकायले शेयर बजारलाई लगाम लगाउने नीति अंगाल्दा बजार निरन्तर गिरावट आएको बताउनु भएको छ । अध्यक्ष पोखरेलले नियामक निकायहरुले शेयर घटिरहेको अवस्थामा केही नबोल्ने तर,शेयर बजारले एउटा उचाई लिएपछि बजारलाई लगाम लगाउने हिसाबले नीति अंगाल्न थालेको […]