न्यायालयको सुधारका लागि मनैदेखि लाग्न आन्दोलनरत कानुन व्यवसायीहरुलाई ओलीको आग्रह

मङ्सिर २१ ,काठमाडौं ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई संसदमा महाअभियोग लगाउने पक्षमा नरहेको बताउनु भएको छ ।

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नामै लिएर सत्तापक्ष प्रधानन्यायाधीश जबरालाई संसदमा महाअभियोग लगाउने पक्षमा नरहेको दावी गर्नु भएको हो । मंगलबार प्रधानन्यायाधीश जबरालाई हटाउनका लागि सहयोगको याचना गर्दै बालकोटस्थित आफ्नै निवासमा पुगेका नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशन नेतृत्वको टोलीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले जबरालाई हटाउन संसदमा महाअभियोग प्रस्ताव नआउने बताउनु भयो । उहाँले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानन्यायाधीश जबराले मन्त्री पद लेनदेन नगरेको भन्दै बचाउमा उभिएको तर्क समेत गर्नु भयो ।

अध्यक्ष ओलीले आफूले अदालतसँग कुनै लेनदेन नगरेको पनि बताउनु भयो । उहाँले न्यायालयको सुधारका लागि मनैदेखि लाग्न पनि आन्दोलनरत कानुन व्यवसायीहरुलाई आग्रह गर्नु भयो । उहाँले एकापक्षीय ढंगले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दैमा न्यायालयमा सुधार नआउने दावी समेत गर्नु भयो । अध्यक्ष ओलीले आफू अदालतको विषयलाई लिएर कुनै पनि व्यक्तिको बचाऊमा नलाग्ने स्पष्ट पार्नु भयो ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुधबार यस्तो छ तरकारीको मुल्य

Wed Dec 8 , 2021
मङ्सिर २२,काठमाडौं । बुधबार काठमाण्डौमा आलु रातो(भारतीय) को मूल्यमा १ रुपैयाँले बृद्धि भएको छ । मंगलबार प्रतिकेजी २५ रुपैया ४० पैसामा कारोवार भएको आलु रातो (भारतीय)को मुल्य बुधबार प्रतिकेजी २६ रूपैया ४० पैसामा कारोवार भइरहेको छ । बुधबार काउली (स्थानिय)को मुल्यमा ७ रुपैया ५० पैसाले गिरावट भएको छ। मंगलबार प्रतिकेजी […]