सरकारी नियामक निकायले शेयर बजारलाई लगाम लगाउने नीति अंगाल्दा बजार निरन्तर गिरावटमा : अध्यक्ष पोखरेल

मङ्सिर २१ ,काठमाडौं ।  नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सरकारी नियामक निकायले शेयर बजारलाई लगाम लगाउने नीति अंगाल्दा बजार निरन्तर गिरावट आएको बताउनु भएको छ ।

अध्यक्ष पोखरेलले नियामक निकायहरुले शेयर घटिरहेको अवस्थामा केही नबोल्ने तर,शेयर बजारले एउटा उचाई लिएपछि बजारलाई लगाम लगाउने हिसाबले नीति अंगाल्न थालेको बताउनुभयो । उहाँले शेयर बजार नियामक निकायहरुले शेयर बजार बढी रहेको अवस्थामा जसरी हुन्छ बजारलाई लगाम लगाउने गरी पछिल्ला नीतिहरु ल्याउने गरेको बताउनुभयो । शेयर बजार ३२ सय बिन्दुमा पुग्दै गर्दा नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नामै किटान गरेर सार्वजनिक गर्न, मौद्रिक नीतिमा शेयर बजारका लागि कडाइ गर्नु नियामक निकायहरुको शेयर बजार प्रतिको नकारात्मक सोच भएको पोखरेलले आरोप लगाउनुभयो ।

अध्यक्ष पोखरेले कोरोना महामारीको समयमा सबै क्षेत्र बन्द भएको अवस्थामा धेरै नयाँ लगानीकर्ता शेयर बजारमा प्रवेश गरेको तर पछिल्लो समय नयाँ लगानीकर्ता आफ्नो पुरानै व्यवसायमा फर्किएकाले बजार गिरावट भएको बताउनुभयो । उहाँले कोरोना महामारी सुरु हुने बेला १८ लाख लगानीकर्ता रहेकोमा अहिले बढेर ४६ लाख पुगेको बताउनु भयो। अध्यक्ष पोखरेलले पछिल्लो समय विस्तारै बन्द रहेका उद्योग व्यवसाय खुल्दै जाँदा मुलुकको अर्थतन्त्र पनि विस्तारै चलायमान हुदै गएको बतानउनु भयो ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

न्यायालयको सुधारका लागि मनैदेखि लाग्न आन्दोलनरत कानुन व्यवसायीहरुलाई ओलीको आग्रह

Tue Dec 7 , 2021
मङ्सिर २१ ,काठमाडौं ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई संसदमा महाअभियोग लगाउने पक्षमा नरहेको बताउनु भएको छ । अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नामै लिएर सत्तापक्ष प्रधानन्यायाधीश जबरालाई संसदमा महाअभियोग लगाउने […]