खेलकुदको विकासमा राज्यको दृष्टिकोण पर्नुपर्नेमा पृथ्वीमान गुरुङको जोड

पुष २५,काठमाडौं । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको खेलकुद क्षेत्रको विकासमा सरकारकोे दृष्टिकोण अझै पुग्न नसकेको बताउनु भएको छ ।

आईतबार गण्डकी प्रदेश तेक्वान्दो संघको वार्षिक साधारणसभा तथा अधिवेशनको उदघाटन गर्दै प्रदेश प्रमुख गुरुङले खेलकुदको विकासमा राज्यको दृष्टिकोण पर्नुपर्नेमा जोड दिनु भयो । सरकार चलाउन मात्रै दलका नेताहरु केन्द्रित हुँदा खेलकुद क्षेत्रको विकासमा उनीहरुको दृष्टिकोण पुग्न नसकेको उहाँको भनाई थियो ।

खेलकुदको विकासलाई अर्थले पनि निर्देशित गर्ने भन्दै प्रदेश प्रमुख गुरुङले आर्थिक कमीले खेलकुद अत्यन्तै पिछडिएको लघु अवस्थामा रहेको उल्लेख गर्नु भयो । हिजो फुटबल मात्रै खेलकुद भन्ने भान भएपनि अहिले खेलकुद व्यापक भएको उहाँले बताउनु भयो । अन्तर्राष्ट्रिय क्षेत्रमा स्पोर्टसम्यानसिप देखाउन सक्यो भने आर्थिक रुपमा बलियो बन्न सकिने पनि प्रदेश प्रमुख गुरुङले बताउनु भयो ।

अधिवेशनले जगनबहादुर गुरुङको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

 

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चालु आर्थिक वर्षमा राखेको सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न चुनौतीपूर्ण : गभर्नर अधिकारी

Mon Jan 10 , 2022
    पुष २६,काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले चालु आर्थिक वर्षमा राखेको सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेको बताउनु भएको छ । आईतबार संसद्को सार्वजनिक लेखा समितिमा वर्तमान आर्थिक अवस्थाबारे धारणा राख्दै गभर्नर अधिकारीले चालु आर्थिक वर्षमा राखेको सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य […]