पुष्पकमल दाहाल माओवादी केन्द्रको अध्यक्षमा निर्वाचित

पुष १९,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित हुनुभएको छ ।

माओवादी केन्द्रको सोमवार बसेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्षमा दाहाललाई सर्वसम्मत् रुपले चयन गरेको छ । केन्द्रीय कमिटीको पहिलो बैठकमा नवनिर्वाचित केन्द्रीय सदस्यहरुले सपथग्रहण गरेसँगै अध्यक्षमा दाहाललाई चयन गरिएको हो । पार्टी अध्यक्षको जिम्मेवारी पाएसँगै बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफ्नो काँधमा ठुलो जिम्मेवारी थपिएको बताउनुभयो ।

उहाँले अध्यक्षको सपथ लिदाँ राष्ट्र र जनताप्रति आभारी भएको महशुस गरेको भन्दै पुनः एकपटक राष्ट्र र जनताको सेवा गर्ने अवसर पाएको बताउनुभयो । अध्यक्ष दाहालले पार्टीलाई रुपान्तरण गर्न र सुदृढ बनाउन आफुले अझै पार्टीको नेतृत्व गर्नुपर्ने महशुस गरेको बताउनुभयो ।

अध्यक्ष दाहालले आफुबिनाको माओवादी पार्टीको भविष्यबारे अनेक टिकाटिप्पणी हुने गरेको भन्दै आफु नहुँदैमा माओवादी आन्दोलन नसिद्धिने पनि बताउनुभयो । माओवादी आन्दोलन आफु बिनापनि जिवित रहने र शक्तिका साथ अगाडी बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पार्टी अध्यक्षको हैसियतले देशको सेवा गर्न आफ्नो लागि यो कार्यकाल अन्तिम अवसर र अन्तिम चुनौती भएको पनि बताउनुभयो ।

 

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इन्जिनियरहरुको अभावको कारण विकास निर्माणको काम तिव्रता दिन सकेन : रेणुकुमारी यादव

Tue Jan 4 , 2022
पुष २०,काठमाडौं ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले मन्त्रालयको काममा खट्ने इन्जिनियरहरुको अभावको कारण विकास निर्माणको काम तिव्रता दिन नसकेको बताउनु भएको छ । सोमबार भएको प्रतिनिधि सभा अन्र्तगतको अर्थ समितिको बैंठकमा बोल्दै मन्त्री यादवले मन्त्रालयमा काममा खट्ने इन्जिनियरहरुको अभावको कारण विकास निर्माणको काम तिव्रगतिमा अगाडि बढ्न नसकेको […]