प्रदेश २ मा सत्तारुढ गठबन्धनको राष्ट्रियसभा उम्मेदवारी दर्ता

 

पुष २१,काठमाडौं । राष्ट्रियसभाको निर्वाचनको लागि प्रदेश नम्बर २ मा सत्तारुढ गठबन्धनको तर्फ नेकपा (माओवादी केन्द्र)की उर्मिला अर्याल र जसपाका तर्फबाट मो खालिद सिद्दकीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा दुवै जना उम्मेदवारले मंगलबार उम्मेदवारी दर्ता गराउनु भएको हो । २ सिट खाली रहेको राष्ट्रियसभामा सत्तारुढ गठबन्धन पांच दल मिलेर उम्मेदवारी दिएपछि प्रदेश नम्बर २ मा एक सिटमा जसपा र एक सिटमा माओवादी केन्द्रले उम्मेदवारी दिएका हुन । जसपाका नेताहरुले पार्टी कार्यालयबाट नाराजुलुस सहित उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय पुगेका थिए । संचारकर्मीसंग कुराकानी गर्दै जसपाका उम्मेदवारी सिद्दकीले सबै वर्ग र समुदायको उत्थानको लागि आफु क्रियाशिल रहेको बताउदै अहिले मत भारको आधारमा आफू नै निर्वाचित हुनेमा विश्वस्त रहेको बताउनुभयो । उहाले पार्टीले आफुलाई उम्मेदवारी बनाएकोप्रति धन्यवाद समेत ज्ञापन गर्नुभयो ।

त्यसैगरि माओवादी केन्द्रको तर्फबाट उम्मेदवार रहनु भएकी अर्यालले देशमा संघीयता आएपछि यसको सफल कार्यान्वय अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाले संघीयता कार्यान्वय र महिलाहरुको अधिकारको लागि आफू सदैव प्रयत्नशिल रहने बताउनुभयो ।

पर्साको वीरगंज महानगरपालिकाकी अर्यालको प्रस्तावक नगिना यादव रहनु भएको छ भने सीता साह समर्थक रहनु भएको छ । त्यस्तै जसपाबाट अन्य समूह कोटामा सिरहाका मोहम्मद खालिद सिद्धिकीले उम्मेदवारी दर्ता गराउनु भएको छ । प्रदेश नम्बर २ मा सत्तागठबन्धन बलियो अवस्थामा रहेको छ । प्रदेश नम्बर २ मा सत्ता गठबन्धन अन्र्तगत काँग्रेसको २२ सय ६२ मतभार, माओवादी केन्द्रको ११ सय ९४, जसपाको २९ सय ८८ रहेको छ । सत्तारुढ दलका उम्मेदवारी दर्ता गराउन मुख्यमन्त्री लालबाबु राउत, पर्यटनमन्त्री शत्रुधन महतो, भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विजय यादव लगायतको उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैंक अफ काठमाण्डूद्धारा बिओके रेमिट बचत खाता तथा मुद्धती खाता सार्वजनिक

Wed Jan 5 , 2022
पुष २१,काठमाडौं । बैंक अफ काठमाण्डूले बिओके रेमिट बचत खाता तथा मुद्धती खाता सार्वजनिक गरेको छ । “श्रम विदेशमा प्रतिफल स्वदेशमा” भन्ने मुलनाराका साथ विदेशमा श्रम गरिरहनु भएका नेपाली महानुभावहरुलाई उच्चतम ब्याजदरको ब्यवस्था सहित बैंकले उक्त बचत खाता तथा मुद्धती खाता संचालनमा ल्याएको हो । विदेशमा बसि श्रम गरिरहनु भएका […]