बैंक अफ काठमाण्डूद्धारा बिओके रेमिट बचत खाता तथा मुद्धती खाता सार्वजनिक

पुष २१,काठमाडौं । बैंक अफ काठमाण्डूले बिओके रेमिट बचत खाता तथा मुद्धती खाता सार्वजनिक गरेको छ ।

“श्रम विदेशमा प्रतिफल स्वदेशमा” भन्ने मुलनाराका साथ विदेशमा श्रम गरिरहनु भएका नेपाली महानुभावहरुलाई उच्चतम ब्याजदरको ब्यवस्था सहित बैंकले उक्त बचत खाता तथा मुद्धती खाता संचालनमा ल्याएको हो । विदेशमा बसि श्रम गरिरहनु भएका महानुभावहरुले उक्त  चत तथा मुद्धती खाता यस बैंकमा खोल्न सक्ने जनाइएको छ । यस मुद्धती खाता खोल्दा ग्राहकहरुले ११.०५% वार्षिक ब्याजदर पाउने बैकले जनाएको छ ।

साथै, बिओके रेमिट बचत खातामा उच्चतम् ब्याजदरको प्रतिफल सहित मोबाईल बैंकिङ्ग शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा ५०% को छुट तथा अन्य आर्कषक बिशेषताहरुको उपयोग गर्न सक्ने बैकले जनाएको छ । बैंकले सार्वजनिक गरेको उक्त बचत खाता तथा मुद्घती खाताले विदेशमा श्रम गरि आर्जन गर्नुभएको रकमको उच्चतम् प्रतिफलका साथै सहज बैंकिङ्गको अनुभव लिन पाउनुहुने विश्वास बैंकले लिएको जनाइएको छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भूकम्पले भत्काएका ५० हजार आवास पुनर्निर्माणको काम सम्पन्न

Wed Jan 5 , 2022
  पुष २१,काठमाडौं । २०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्काएका घरहरुको पुनर्निर्माण सकिँदा घर पाउनेहरुले खुशी भएका छन् । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र २९ गतेको पराकम्पका कारण नेपालमा ठूलो जनधनको क्षति भएको थियो । आवास पुनर्निर्माण सम्पन्न भएपछि भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाको बारपाकका स्थानीयहरु ६ वर्षपछि […]