स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै हुनुपर्छ : प्रकाशमान सिंह

माघ ९,काठमाडौं ।सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफू स्थानीय निकायलाई पदाधिकारीविहीन बनाउने पक्षमा नरहेको बताउनु भएको छ ।

नेता सिंहले स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरे अनुसार समयमै हुनुुपर्ने पनि स्पष्ट पार्नु भयो । शनिबार काठमाडौंको चाक्सीबारीस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले संविधानको मर्म र भावना विपरित कुनै पनि तहको निर्वाचनमा जान नहुने बताउनु भयो । उहाँले पाँच वर्ष कार्यकाल पूरा गरेको ६ महिना भित्र स्थानीय तहको निर्वाचन हुुनुपर्छ भन्ने कुरा संविधानमा उल्लेख भएको र सोही अनुसार हुनुपर्ने दावी समेत गर्नु भयो ।

त्यस अवसरमा काँग्रेस नेता सिंहले डा. मिता सिंहद्वारा लिखित पुस्तक ‘स्ट्रगल अफ गणेशमान सिंह’को विमोचन गर्दै पुस्तकमा गणेशमान सिंहले नेपालको प्रजातन्त्र स्थापनाका लागि गर्नु भएको योगदानको चर्चा गरिएको बताउनु भयो । उहाँले सो पुस्तक नेपालको प्रजातान्त्रिक आन्दोलनबारे जान्न चाहने जोकोही उपयोगी हुने विश्वास समेत व्यक्त गर्नु भयो ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल उद्योग परिसंघ ओमन लिडरशिप फोरम, नबिल बैंक र महिला शक्ति विकास केन्द्र नेपाल बीच  सम्झौता

Sun Jan 23 , 2022
माघ ९,काठमाडौं ।  नेपाल उद्योग परिसंघ ओमन लिडरशिप फोरम, नबिल बैंक र महिला शक्ति विकास केन्द्र नेपाल बीच  सम्झौता भएको छ । नेपाल उद्योग परिसंघ नेपाल उद्योग परिसंघ ओमन लिडरशिप फोरम, नबिल बैंक लिमिटेड र महिला शक्ति विकास केन्द्र नेपाल बीच महिला उद्यमीहरुलाई वित्तीय प्रणालीमा पहुँच, प्रोत्साहन तथा प्रेरित गर्नका […]