नेपालमा वयस्क महिलाहरुमा थाइराइडको समस्या बढ्दै ः डा. सुनिल पोखरेल, मधुमेह, थाइराइड तथा हर्मन रोग विशेषज्ञ

पछिल्लो समय नेपालमा वयस्क महिलाहरुमा थाइराइडको समस्या बढ्दै गएकोप्रति विज्ञहरुले सचेत गराएका छन् । थाइराइडका बिरामीहरु संसारभर नै बढीरहेका छन् । नेपालमा पनि २० देखि ४० वर्ष उमेरसमूहका महिलाहरुमा थाइराइडको समस्या थालेको हो । विशेष गरेर थाइराइड ४ किसिमका हुन्छन् । हाइपो, हाइपर, गोइटर, थाइराइड क्यान्सरसहित ४ वटा हुन्छन् । त्यसैले पनि कुनै न कुनै थाइराइडबाट कोही पनि मानिस अछुतो रहन सकेका छैनन् भन्नुहुन्छ, थाइराइड रोग विशेषज्ञ डा. सुनिल पोखरेल । उहाँका अनुसार सबैभन्दा कमन थाइराइड भनेको हाइपो थाइराइडिजम हो । यसलाई नियन्त्रण गर्न नसके त्यसको असर धेरै हुने र यसले मानिसलाई गम्भीर असर पार्नसक्ने विज्ञहरुको भनाइ छ । अल्का अस्पताल जावलाखेलमा मधुमेह, थाइराइड तथा हर्मन रोग विशेषज्ञको रुपमा कार्यरत डा. पोखरेलले मोटोउने खालको थाइराइड नै हाइपो थाइराइड भएको र यो सबैमा देखिन सक्ने भएकोले यसको बेलैमा उपचार गर्न सुझाव दिनुभयो । समयमा उपचार पाए निको हुने सम्भावना रहेको बताउनु भयो । थाइराइडका कारण कपाल झर्ने,आँखा सुक्खा भएजस्तो हुने, घाँटीमा केही कुरा अड्किएको जस्तो हुने, थुक निल्न अफ्ठ्यारो हुने, हातखुट्टा फतक्क गलेको जस्तो हुने, तौल बढ्दै जाने, प्रेसर बढ्ने, कोलस्टोर बढ्ने, मुटुको धड्कन कम हुने, महिलाहरुमा महिनावारी गडबढी हुने, गर्भ नरहने, गर्भ भए पनि तुहिने, गर्भावस्थामा थाइराइड नियन्त्रण गर्न सकेन भने सुस्त मनस्थितिको बच्चा जन्मिने लगायतका समस्या हुने पनि डा. पोखरेलको भनाइ छ । त्यस्तै बढ्दो उमेरको बच्चामा थाइराइड देखियो भने बच्चाको उचाइ नबढ्ने पनि हुनसक्छ । उहाँले भर्खर जन्मिएको बच्चामा पनि यो देखिनसक्ने र बुढेसकालमा पनि थाइराइडको जोखिम त्यत्तिकै रहेकोले बेलाबेलामा स्वास्थ्य चेकजाँच गराइरहन सुझाउनु भयो ।
पछिल्लो समय नेपालमा थाइराइडका कारण सुस्तमनस्थितिको बच्चा जन्मिने कुरामा भने कमी आएको छ । पछिल्लो समय नेपालमा आयोडिनयुक्त नुन खाने बानीले पनि यसमा कमी आएको हो । विशेषज्ञ डा. पोखरेलका अनुसार नेपालमा आयोडिनको मात्रा पनि बढी भइसकेको छ । उहाँले अन्य देशमा आयोडिनको मात्रा कम गर्दै लगिएको र नेपालमा पनि आयोडिनको मात्रा कम नगर्ने हो भने पुनः यसले मानव स्वास्थ्यमा असरु पुर्‍याउने बताउनु भयो । बच्चामा थाइराइड देखियो भने त्यसले बच्चाको वृद्धिविकासमा, ब्रेन डेभलपमेण्टमा, अन्य कुरामा पनि असर गर्ने बताउनु भयो । डा. पोखरेलले नेपालमा बच्चा जन्मिने बित्तिकै थाइराइड परीक्षण गराउने पद्धसतको विकास केही अस्पतालहरुमा शुरु भइसकेको र यो पद्धती सबै अस्पतालमा हुन आवश्यक रहेको बताउनु भयो ।
डा. पोखरेलका अनुसार आयोडिनको मात्रा कमी हुँदा पनि थाइराइड रोग धेरै देखिन्छ । आयोडिनको मात्रा बढी भयो भने पनि यो रोग धेरै देखिने सम्भावना रहन्छ । नेपालमा पनि आयोडिनको मात्रा बढी भइसकेको र यसले क्रमिक रुपमा मानव स्वास्थयमा गम्भीर असर पार्न थालेको बताउनु भयो । नेपालमा पहिलाको यातायातको आवतजावत र देशका कुनाकुनामा पुग्ने सवारी साधनको समयसीमाको आधारमा बढी आयोडिन राखेर पठाइएको भएपनि अहिले भने समयमै सवारीसाधनहरु पुग्ने भएकोले आयोडिनको मात्रा कम गरेर लैजानु पर्ने उहाँको भनाइ छ । उहाँले थाइराइडका साधारण बिरामीले सामान्य जीवनशैली बिताउने, बालबालिकाहरुलाई धेरै नुन खान नदिने र थाइराइडको लक्षण देखिए तत्काल नजिकको स्वास्थ्य चौकीमा जाँच गराउन आग्रह गर्नुभयो ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वातावरणको संरक्षण हुनेगरी भौतिक निर्माण र पूर्वाधार विकासको कामलाई अघि बढाउन राष्ट्रपतिको आग्रह

Mon Apr 4 , 2022
राष्ट्रपति विद्या भण्डारीले जनप्रतिनिधिहरुले आफूलाई सदैव जनताको सेवामा समर्पित गर्नुपर्ने बताउनु भएको छ । राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकाको वातावरणको संरक्षण हुनेगरी भौतिक निर्माण र पूर्वाधार विकासको कामलाई अघि बढाउन पनि जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भयो । पूरातात्विक महत्वको ऐतिहासिक सम्पदा काष्ठमण्डपको सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच लोकार्पण गर्दै उहाँले काठमाडौं उपत्यकालाई […]