नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिवद्ध, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा सरकार प्रष्ट रहेको उल्लेख

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । प्रधानमन्त्री देउवाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा सरकार प्रष्ट रहेको उल्लेख गर्दै भूमि सम्बन्धि विषयमा कुनै समस्या भए कूटनीतिक पहलबाट समाधान गर्ने मान्यतामा सरकार रहेको पनि स्पष्ट पार्नु भयो । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री देउवालाई सो भूमिबारे प्रष्ट धारणा राख्न आग्रह गर्नु भएको थियो । त्यसको जवाफ प्रधानमन्त्री देउवाले दिनु भएको हो । उहाँले सरकारले छिमेकसँगको सम्बन्ध अझै उचो बनाउँदै लैजाने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरिएको पनि बताउनु भयो । प्रधानमन्त्री देउवाले भन्नु भयो, ‘नेपाल सरकार नेपाली भूमिका रक्षा गर्न प्रतिवद्ध छ । लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार प्रष्ट छ । भूमि सम्बन्धि विषय विशेष संवेदनशील विषय भएकाले वार्ता र कूटनीतिक पहलबाट समस्या समाधान गर्नुपर्छ मान्यतामा रहि आएको छ । यसमा हाम्रो कूटनीतिक प्रयास जारी छ । यस सम्बन्धि विषयलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ । नेपाल भारत सम्बन्ध बहुआयामिक छ । सहयोगका क्षेत्रहरु व्यापक छ । ऊर्जा क्षेत्रको प्रवद्र्धन गर्ने विषयमा दूई मुलुकबीच सम्झौता भएको छ । नेपालको भूवनावटका कारण ऊर्जाको बजार भारत सहज हुने देखिन्छ ।’

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

Sun May 29 , 2022
सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । राष्ट्रपति विद्या भण्डारीले गत ज्येष्ठ १० गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नु भएको सो नीति तथा कार्यक्रम प्रतिनिधिसभाको शनिबारको दोस्रो बैठकमा बहुमतले पारित भएको हो । बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले सो नीति […]