चलचित्र सरी ममको ट्रेलर सार्वजनिक

चलचित्र सरी ममको ट्रेलर सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । १ मिनेट १९ सेकेण्डको ट्रेलरमा सामाजिक विषयवस्तुहरुको उठान गरिएको छ । लागुऔषध बिरुद्धको सन्देशसहित सामाजिक तथा पारिवारिक कथामा निर्माण भएको फिल्ममा प्रमुख कलाकार सरिता लामिछाने, सरोज खनालको अभिनय रहेको छ । चलचित्रमा परिवारको सदस्य दुव्र्यसनीमा परेपछि उत्पन्न हुने परिस्थिति र त्यसले सम्बन्धित किशोर र परिवारमा पार्ने प्रभावको कुरालाई समेटिएको छ । किशोरावस्था उमेरलक्षित चलचित्रको सार्वजनिक ट्रेलरले कुलतबिरुद्धको सन्देश बोल्छ । कार्यक्रममा बोल्दै नायिका सरिता लामिछानेले किशोरावस्था र युवापुस्ताका दर्शकलाई लक्षित गरेर निर्माण गरिएको भन्दै चलचित्र उत्कृष्ट रहेकाले दर्शकको मन जित्ने बताउनु भयो । उहाँले फिल्मले सामाजिक कथावस्तुको उजागर गरेकाले लक्षित वर्गमा यसको प्रभाव पार्ने बताउनु भयो । त्यस्तै कार्यक्रममा नायिका करिश्मा मानन्धरले फिल्म सरी ममले दर्शकको माया धेरै पाउनेमा विश्वस्त रहेको बताउनु भयो । चलचित्र सन्देशमुलक भएकाले सबैले हेर्न आवश्यक रहेको बताउनु भयो । उहाँले कलाकार क्षेत्रमा दिग्गज मानिने व्यक्तित्वहरु चलचित्रमा रहेकाले र लागुऔषध बिरुद्धको अभियानमा यसले सहयोग पुग्ने बताउनु भयो ।
नविन बोगटीको निर्देशनमा बनेको फिल्ममा सरोज खनाल र सरिता लामिछाने, एलिस राई, प्रभात पल , प्रेविल कडेल , आरबि कटुवाल , बिहान श्रेष्ठ, युनिसा बजगाईं , रेजिना मगर , सरोज बखुरेल, लालमणि भण्डारीको अभिनय रहेको छ । फिल्ममा दीर्घ गुरुङको छायाङ्कन र प्रितम पाण्डेको सम्पादन छ । आयुष बुढाथोकी र सरोज पौडेलले लेखेको फिल्मको निर्मातामा खेमराज अधिकारी र रोजिता तामाङ पनि छन् ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विपद् जोखिम न्युनिकरणका लागि स्थानीय प्रविधि र आविष्कारलाई प्राथमिकता दिन्छौँः गृहसचिव

Tue Dec 13 , 2022
सरकारले विपद् जोखिम न्युनिकरण सम्बन्धी कार्यक्रममा स्थानीय प्रविधि तथा नयाँ आविष्काहरुलाई प्राथमिकता दिने उद्देश्यका साथ सरोकारवालाहरुसँग परामर्श शुरु गरेको छ । गृह मन्त्रालयले मंगलवार काठमाडौंमा विपद् जोखिम न्युनिकरणका क्षेत्रमा काम गर्दै आएका तथा जोखिम न्युनिकरणका लागि भएका स्थानीय प्रयास तथा आविष्कारक संघ संस्थासँग परामर्श गरेको हो । कार्यक्रममा विभिन्न किसिमका […]