ललितकलासँग सम्बन्धित सामग्रीको आयातमा भन्सार छुट दिन ललितकला प्रज्ञा-प्रतिष्ठानको माग

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानले ललितकलासँग सम्बन्धित सामग्रीहरुको आयात शुल्क छुट गर्न सरकारसँग माग गरेको छ । बिहीवार नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको १३ औँ प्राज्ञ सभाको समुद्घाटन समारोहमा बोल्दै प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले सरकारसँग ललितकला सम्बन्धि विभिन्न विषयमा नीतिगत सुधारको माग गरिएको बताउनु भयो । उहाँले सरकारले ललितकलासँग सम्बन्धित वस्तुहरुको निर्यातमा सुविधा दिनुपर्ने बताउनु भयो । कला तथा सिर्जनाका लागि आवश्यक रङ, ब्रस लगायत अन्य सामग्रीहरुको आयात शुल्क छुट गर्नुपर्ने उहाँले माग राख्नुभयो । त्यसैगरी नेपाली परम्परागत वा आधुनिक कलाकृति खरिद बिक्रीमा लिलामी प्रणाली अपनाउनुपर्ने उहाँको भनाई छ । त्यसका लागि प्रोत्साहन गर्न नीति, नियम र कानूनी सुधार हुनुपर्नेमा उहाँले जोड दिनुभयो । कुलपति कर्माचार्यले सातवटै प्रदेशमा कला प्रदर्शनी र प्रतियोगिता गराएर छनोट भएका कलाकृतिहरुलाई राष्ट्रिय कला प्रदर्शनीमा समावेश गराउनुपर्ने व्यवस्था हुनुपर्ने र सबै क्षेत्रहरुमा प्रतिष्ठानका शाखा कार्यालयहरुको व्यवस्था हुनुपर्ने उल्लेख गर्नुभयो ।
यस्तैगरी प्रतिष्ठानले अन्तर्राष्ट्रिय कला प्रदर्शनी जस्ता अन्तर्राष्ट्रियस्तरका गतिविधि हुनुपर्नेमा जोड दिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ललितकला क्षेत्रमा योगदान दिने कलाकारहरुहरुलाई उच्चस्तरको पदक र पुरस्कारको व्यवस्था गर्नुपर्ने कुलपति कर्माचार्यले बताउनु भयो । उहाँले ललितकला र पर्यटकीय विकासका निम्ति वृहत कलाग्रामको स्थापना हुनुपर्नेमा जोड दिनुभयो ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धनगढी ५ हसनपुरमा ग्रेडरले कुल्चिँदा बालिकाको मृत्युः धनगढी तनावग्रस्त

Thu Dec 1 , 2022
धनगढी ५ हसनपुरमा ग्रेडरले कुल्चिँदा एक बालिकाको मृत्यु भएपछि धनगढी बजार तनावग्रस्त बनेको छ । धनगढी उपमहानगरपालिका-५ स्थित हसनपुर-पिपल चौतारा सडकखण्डमा बिहीवार बिहान १०ः २० बजे कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिएर कुल्चिँदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय […]