प्रधानमन्त्री पुष्पकमल दाहालले उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार बिस्तार हुने बताउनुभएको छ । बिहीवार राष्ट्रपति निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्थानीय तह, प्रदेश र संघसँगै राष्ट्रपतिको निर्वाचन पनि सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै समग्रमा निर्वाचन प्रक्रिया शान्तिपूणर् ढंगले सकिएको बताउनु भयो । उहाँले अबको ध्यान सरकारलाई पूणर्र्ता दिने हुने बताउनु भयो ।
राष्ट्रपति निर्वाचनबाट आज नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।
उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार बिस्तार हुन्छः प्रधानमन्त्री
