कीर्तिपुर मैदानमा तत्काल आधुनिक फ्लट लाइट र स्कोर बोर्ड जडान गर्न प्रधानमन्त्रीको निर्देशन

सरकारले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका सम्पूणर् खेलाडीहरुलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । शुक्रवार विजेता टोलीलाई सरकारी निवास बालुवाटारमा बोलाएर उहाँहरुलाई बधाई दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले विजेता खेलाडीहरुलाई जनही तीन लाख रुपैयाँ दिने बताउनुभएको हो । उहाँले कीर्तिपुर मैदानमा तत्काल आधुनिक फ्लट लाइट र स्कोर बोर्ड जडान गर्नपनि राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिनुभयो । प्रधानमन्त्री दाहालले सुविधासम्पन्न क्रिकेट रंगशाला निर्माण कार्य तिब्रताका साथ अघि बढाउन सरकारको तर्फबाट प्रयास भइरहेको बताउनु भयो ।
प्रधानमन्त्री दाहालले चितवनमा बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाका समस्या समाधान गरी सरकारले तिब्र गतिमा काम अघि बढाइरहेको बताउनु भयो ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महानगरले मौखिक रुपमा दरबार मार्गको पार्किङको विकल्प दिएर हुँदैनः सुन्दरलाल कक्षपती

Fri Mar 17 , 2023
दरबार मार्ग विकास बोर्डका पूर्वअध्यक्ष सुन्दरलाल कक्षपतीले काठमाडौं महानगरपालिकाले दरबारमार्गको पार्किङको विकल्प मौखिक रुपमा दिएर नहुने बताउनुभएको छ । पूर्वअध्यक्ष कक्षपतीले महानगरले दरबार मार्गको पार्किङको विकल्प छ भनेर मात्रै नहुने भन्दै बोर्डलाई पार्किङका विकल्प विश्व ज्योती हल,अन्नपूणर् होटल र दरबार मलको अण्डर ग्राउण्ड हो भनेर पत्राचार गर्नुपर्ने बताउनु भयो । […]