नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । बिहीवार संसद भवनको ल्होत्से हलमा भएको मतदानमा काँग्रेस वरिष्ठ नेता पौडेलले नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिष्पर्धी सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै विजयी हुनुभएको हो । पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ सांसदको मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । नेम्वाङले प्रदेशतर्फ १६२ र संघतर्फ ९८ सांसदको मत प्राप्त गर्नुभयो । यस्तै पाँच मत भने बदर भएको राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पौडेलले संघतर्फ १६ हजार ९०६ र प्रदेशतर्फ १६ हजार ८९६ मतभार प्राप्त गर्नुभयो । उहाँको कुल मतभार ३३ हजार ८०२ रहेको छ । यसैगरी प्रतिष्पर्धी नेम्वाङले संघतर्फ ७ हजार ७४२ र प्रदेशतर्फ ७ हजार ७७६ गरी कुल १५ हजार ५१८ मतभार प्राप्त गर्नुभएको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन, २०७९ निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बताउनु भयो । उहाँले प्रतिष्पर्धी नेम्वाङलाई पराजित गरी पौडेल राष्ट्रपति पदमा निर्वाचित हुनुभएको घोषणा गर्नुभयो ।
राष्ट्रपतिमा निर्वाचित भइसकेपछि आयोजित समारोहमा पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस पार्टी सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले शुभकामना दिनुका साथै सफल कार्यकालको कामना गर्नुभएको थियो ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आर्थिक सुशासन र खर्च प्रभावकारीताको हिसावले मुलुकको अर्थतन्त्र जोखिमपूणर् छः प्रा.डा.वाग्ले

Thu Mar 9 , 2023
अर्थविद् तथा प्रा.डा. अच्युत वाग्लेले सरकारले क्षमतावान अर्थमन्त्री बनाएर तत्काल वित्त र मौद्रिक नीति पुनरावलोकन गर्नुपर्ने बताउनुभएको छ । अर्थविद् डा. वाग्लेले सरकारले अर्थतन्त्रको वर्तमान समस्या समाधान गर्न अर्थतन्त्र बुझेको क्षमतावान अर्थमन्त्री बनाएर तत्काल सरकारको वर्तमान वित्त र मौद्रिक नीति पुनारावलोकन गर्नुपर्ने बताउनुभएको हो । उहाँले न्युज एजेन्सी नेपालसँग कुरा […]