नेपाल र भारतबीच सम्बन्धका नयाँ आयाम बिस्तार हुँदैछ ः मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल र भारतको सम्बन्धका थप नयाँ आयामहरु बिस्तार हुने क्रममा रहेको बताउनुभएको छ । सोमवार ललितपुरमा आयोजित नेपाल-भारत उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल-भारत बीच स्थल र हवाई मार्गको मात्रै सम्बन्ध नभइ रेलमार्ग र जलमार्गको नयाँ आयामहरु बिस्तार हुने बताउनु भयो । उहाँले नयाँ आयाम सञ्चालनबाट नेपालको पर्यटन क्षेत्रमा थप वृद्धि हुने अपेक्षा गरेको बताउनु भयो । मन्त्री किराँतीले नेपाल-भारतबीचको नयाँ आयामले दुई देशबीचको प्राचिनकालीन सम्बन्धलाई थप उचाईमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यसले नेपाल र भारतका धार्मिक पर्यटकहरुका लागि थप उत्सुक बनाउने बताउनु भयो ।
मन्त्री किराँतीले नेपाल-भारत उद्योग वाणिज्य संघले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा नेपालको पर्यटन क्षेत्रलई चलायमान गर्ने प्रयास गरेको बताउनु भयो ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मिटरब्याज पीडितका समस्या तत्काल समाधान गर्न सकिँदैन ः गृह मन्त्रालय

Tue Mar 28 , 2023
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न धेरै कानूनहरु संशोधन गर्नुपर्ने भएकाले तत्काल समस्या समाधान गर्न नसकिने स्पष्ट पारेको छ । मंगलवार मिटरब्याज पीडितहरुसँग समस्या समाधानको पहल गर्न सरकारको तर्फबाट प्रदर्शनस्थलमा पुगेको गृहमन्त्रालयका सहसचिवको टोलीले मिटरब्याजी पीडितहरुको समस्या वर्तमान कानूनले सम्बोधन नहुने र ऐनका लागि मन्त्रालयले पहल गरिरहेको बताएको हो […]