फ्लोरिकल्चर एशोसिएशन नेपालले चैत १७ गतेदेखि फ्लोरा एक्स्पो गर्ने

फ्लोरिकल्चर एशोसिएशन नेपालले चैत १७ गतेदेखि २० गतेसम्म २४ औं फ्लोरा एक्स्पो गर्ने भएको छ । सोमवार एशोसिएशनले पत्रकार सम्मेलन गर्दै चैत १७ गतेदेखि २० गतेसम्म २४ औं फ्लोरा एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै मेला संयोजक शिवबहादुर खड्काले पुष्प व्यवसायको विकास र बिस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यल २४ औं फ्लोरा एक्स्पोे गर्न लागिएको बताउनु भयो । उहाँले पुष्प प्रदर्शनीले प्रत्यक्ष एवं परोक्ष रुपमा पुष्प व्यवसायको विकास र प्रवद्र्धनमा महत्वपूणर् योगदान गर्ने उद्देश्य रहेको बताउनु भयो । उहाँले एक्स्पोमा ६२ वटा व्यवसायिक स्टल,ल्याण्डस्केपिङ ३ वटा,अफिसियल स्टल १०,प्रतियोगिता प्रदर्शनी ३ र २ वटा फुड स्टलसहति ८० स्टल रहने बताउनु भयो । उहाँले मेलामा मौसमी फूल फूल्ने तथा नफूल्ने आलंकारीक बिरुवा,कट फ्लावर,सुनाखरी,कम्पोष्ट मल,फूलको गानो बीउबिजन लगायत बिक्री कक्षमा राखिने बताउनु भयो । उहाँले प्रदर्शनीमा व्यवसायीहरुले उत्पादन गरेका बिरुवाबीच प्रतिष्पर्धा गराएर नगद पुस्कारले समेत पुरस्कृत गर्ने बताउनु भयो ।
त्यस्तै,एशोसिएशनका अध्यक्ष मिनबहादुर तामाङले अहिलेसम्म ४५ वटा स्टलहरु बुकिङ भएको बताउनु भयो । उहाँले प्रदर्शनीमा सरकारको कुनैपनि सहयोग नभएकाले विगतको भन्दा स्टलमा ५ हजार रुपैयाँ वृद्धि गरिएको बताउनु भयो । प्रदर्शनीमा प्रवेश गर्नको लागि विद्यार्थीहरुलाई एकसय र अन्यलाई १५० रुपैयाँ प्रवेश शुल्क तोकिएको बताउनु भयो ।
प्रदर्शनीमा भारत,युरोप र चीनमा हेरक वर्ष उत्पादन भएका नयाँ प्रजातिका फूलका बिरुवाहरु आयात गरेर ल्याउने गरेको बताउनु भयो ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सूर्य नेपाल च्यालेन्ज मंगलवारदेखि हुने

Mon Mar 27 , 2023
प्रोफेसनल गल्फर एशोसिएशनको आयोजनामा हुन लागको सूर्य नेपाल गल्फ टुर अन्तर्गतको छैटौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज मंगलवारदेखि हुने भएको छ । काठमाडौंमा सोमवार प्रोफेसनल गल्फर एशोसिएशनले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंगलवारबाट शुक्रवारसम्म आयोजना हुने जनाएको हो । रोयल नेपाल गल्फ क्लवमा हुने चार दिने प्रतियोगिता ७२ होलको हुनेछ । प्रतियोगितामा […]