मलमा अनुदान कटौति गर्ने सरकारको निणर्यविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा

काँग्रेस-एमालेसहितका किसान संघ, संगठनहरुले मलका दिईदै आएको अनुदान कटौति गर्ने निणर्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन । बुधबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी काँग्रेस निकट नेपाल किसान महासंघ, एमाले निकट अखिल नेपाल किसान महासंघ र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले सो निणर्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन । पत्रकार सम्मेलनमा सो माग तत्काल सम्बोधन गराउनका लागि दवाव स्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाउनेसहितका आन्दोलनको कार्यक्रम पनि घोषणा गरिएको छ । किसानहरुलाई दिइदै आएको एक मात्रै सो अनुदान अविलम्ब फिर्ता गराउनका लागि चैत्र ३ गते शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, देशभरका स्थानीय स्तरमा संयुक्त किसान संघर्ष समिति निर्माण गरी धर्ना, जुलुस, चक्काजामलगायतका आन्दोलनका कार्यक्रम घोषणा गर्ने निणर्य गरिएको अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले जानकारी दिनु भयो ।

यही फागुन २६ गते नेपाल सरकारले रासायनिक मलमा दिइदै आएको अनुदान कटौति गर्ने निणर्य गरेको थियो । सरकारको सो निणर्यप्रति देशभरका किसान हकहितसँग सम्बन्धित संघ, संगठनहरुले आपत्ति जनाउँदै तत्काल फिर्ता लिन माग गर्दै दवावस्वरुप आन्दोलन सुरु गरेका छन । पत्रकार सम्मेलनमा मल कारखाना स्थापना गर्ने निणर्य तत्काल कार्यान्वयनमा ल्याउन पनि सरकारलाई सचेत गराइएको छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चैत्र २ गत छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) हुने, प्रधानमन्त्रीले उद्घाटन गर्ने

Wed Mar 15 , 2023
चैत्र २ गतेदेखि ६ गतेसम्म छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) हुने भएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी निफले यस बारेमा जानकारी गराएको हो । निफले महोत्सवका लागि सम्पूणर् तयारी पूरा भएको पनि जनाएको छ । निफको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुनेछ भने समापन संस्कृति, पर्यटन तथा नागरिक […]