माओवादीलाई बाहिर राखेर एमालेसँग काँग्रेसको सहकार्य हुँदैनः उपसभापति खड्का

नेपाली काँग्रेसका उपसभापति पूणर्बहादुर खड्काले पदको लोभका कारण पुस १० गते काँग्रेस सहितको गठबन्धन भत्किएको स्वीकार गर्नुभएको छ । शुक्रवार ललितपुरको बोडे गाउँमा रहेको पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर उहाँको शालिकको दर्शन गर्दै उहाँले यस्तो स्वीकार्नुभएको हो । उहाँले नेपाललाई रुपान्तरण गर्ने, स्थायी शान्तिको जगमा सबै दलहरु मिलेर मुलुकको आर्थिक उन्नति र प्रगतिको लागि बेगमा मुलुकलाई लैजाने संकल्प गरेर चुनाव गएपछि सहमति अनुसार कार्यान्वयन हुन नसक्दा तत्कालीन गठबन्धन भत्किएपनि आन्तरिक रुपमा सच्याएर अघि बढेको बताउनु भयो । उपसभापति खड्काले पुस १० गतेपछि नै आफूसहित पार्टीले एजेण्डामा सहमति भएका दलहरुबीचमा आन्तरिक रुपमा सुक्ष्म तरिकाले विभिन्न चरणमा संवाद अघि बढाउँदै लैजानुको परिणाम बिहीवार राष्ट्रपति पदमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको बताउनु भयो ।
उपसभापति खड्काले उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी र सहमति भएपनि गठबन्धनबीचमा जनता समाजवादी पार्टीलाई नै उपराष्ट्रपति दिने भन्ने बारेमा निणर्य नभइसकेको बताउनु भयो । उहाँले अब छिटै नै गठबन्ध्नको बैठक बसेर औपचारिक निणर्य गर्ने बताउनु भयो । उहाँले दलहरुको बीचमा सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम ल्याउने बताउनु भयो ।
उपसभापति खड्काले काँग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसँग काँग्रेसले सहमति गर्नेकुरा सपनामा पनि नसोच्न आग्रह गर्नुभयो । उहाँले पुस १० गते गठबन्धन भत्किएको गल्ती अब पुनः नदोहार्‍याउने बताउनु भयो । उहाँले अहिलेको गठबन्धन अब एजेण्डामा टसमस नभइ ५ वर्ष नै अघि बढ्ने दाबी गर्नुभयो ।
उपसभापति खड्काले उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकारको बिस्तार हुने बताउनु भयो । उहाँले उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने र त्यसको कही दिनमा मात्रै सरकार बिस्तार हुने बताउनु भयो । उहाँले आगामी सरकार पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा बन्ने र काँग्रेस पनि सरकारमा सहभागी हुने बताउनु भयो । प्रधानमन्त्री दाहालबिरुद्ध दर्ता भएको रिट सर्वोच्च अदालतमा आज सुनुवाई हुँदैछ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जनताको निराशालाई आशामा बदल्छुः नवनिर्वाचित राष्ट्रपति पौडेल

Fri Mar 10 , 2023
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनताको अधिकारमाथि खेलवाड गर्नु नहुने बताउनुभएको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि शुक्रवार विपी संग्रहालय सुन्दरीजल पुगी पूर्वप्रधानमन्त्री स्व.विश्वेश्वरप्रसाद कोईरालाको शालिकमा माल्यार्पण गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । राष्ट्रपति पौडेलले देशलाई नयाँ दिशा दिनु आजको आवश्यक्ता भएकाले त्यसलाई पूरा गर्ने आफ्नो कर्तव्य भएको पनि […]