युनाइटेड प्रि-स्कुल सातदोबाटो ललितपूर स्थित प्ले ग्रुप देखि एस.के.जीका विद्यार्थीहरुले नृत्य प्रतियोगितामा प्रस्तुत गरेका छन् ।
नृत्यकलाले बालबालिकाको बौद्विक विकासमा अद्वितिय भूमिका निर्वाह गर्ने गरेको स्कुलले बताएको छ । उक्त कार्यक्रममा प्रतियोगीहरुद्धारा लोक , शास्त्रीय र आधुनिक नृत्य प्रस्तुत गरेका थिए । कक्षागत विजेता अन्तर्गत प्लेग्रुप प्रथम पुरस्कार सान्या सापकोटा, दोस्रो सफिना पुुजारी र तेश्रो सक्षम के.सी. पुरस्कृत भएका छन् ।
नर्सरीबाट प्रथम अनसुया थापामगर, दोश्रोमा सम्प्रिती भण्डारी, तेस्रो रिनैरा सापकोटा भएका छन् । त्यसैगरी कक्षा जे.के.जीबाट प्रथम मिङसाङ घिसिङ , दोश्रो डियोन्सी परियार र तेश्रो आरभ थापा विजयी भएका छन् । त्यसैगरी कक्षा एस के.जी बाट प्रथम अनन्या कार्की, दाश्रो नोरा महर्जन, तेश्रो सिबीका लक्ष्मी राना क्षेत्री विजयी भएका छन् ।
नृत्यको माध्यमद्धारा बालबालिकालाई प्रयोग गर्न र समस्या समाधान गर्ने विभिन्न मार्गहरु खोज्न प्रोत्साहन गर्दछ । सो समारोहमा बालबालिकालाई प्रोत्साहन गर्दै युनाइटेड स्कुलकी प्रिन्सिपल नीरा प्रधान, युनाइटेड युनिभर्सल स्कुलकी प्रिन्सिपल जईत राई, एच आर हेड चन्द्रिका आचार्य र विद्यालय संयोजक कल्पना विष्टले वक्तव्य प्रस्तुत गरेका छन् । नृत्यको माध्यमद्धारा बालबालिकालाई प्रयोग गर्न र समस्या समाधान गर्ने विभिन्न मार्गहरु खोज्न प्रोत्साहन गर्दछ ।
युनाइटेड प्रि-स्कुलका विद्यार्थीहरु अन्तरविद्यालय नृत्य प्रतियोगितामा सहभागी
