राष्ट्रपति पौडेलले लिनुभयो पद तथा गोपनीयताको शपथ

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमवार दिउँसो आयोजित विशेष समारोहका बीचमा पौडेलले शपथग्रहण गर्नुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ गराउनुभएको हो । शपथग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वराष्ट्रपति लगायतको उपस्थिति रहेको थियो । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो । सो अवसरमा राष्ट्रपति पौडेललाइृ नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । साथै नेपाली सेनाको एक टुकडीले निःवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाईका क्रममा सलामी अर्पण गरेको छ । साथै निःवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाईका क्रममा सरकारका तर्फबाट मायाको चिनो प्रदान गर्नुभएको थियो । आजबाट नै राष्ट्रपति पौडेलले राष्ट्राध्यक्षको रुपमा काम गर्नुहुनेछ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पपुवान्युगिनी (पिएनजी) माथि नेपालको नौ विकेटको सानदार जित

Mon Mar 13 , 2023
ओपनर आसिफ शेखको अर्धशतक र स्पिनर सन्दीप लामिछानेको पाँच विकेटको सहयोगमा सोमवार नेपालले आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा पपुवान्युगिनी (पिएनजी) माथि नौ विकेटको सानदार जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा विकेटको हिसावले नेपालको यो सर्वाधिक ठूलो जित […]