सानिमा रिलायन्स लाइफको प्रमुख कार्यकारी अधिकृतमा शिवनाथ पाण्डे नियुक्त

सानिमा रिलायन्स लाइफका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले आजदेखि कार्यभार सम्हालेका छन् । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा उनलाई आइतबार मात्र नियुक्तिका लागि स्वीकृति प्रदान गरेको थियो ।
सानिमा र रिलायन्स मर्ज भएर एकिकृत कारोबार गरेपछि नयाँ सञ्चालक समितिले पाण्डेलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । उनलाई आगामी चार बर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको कम्पनीले जनाएको छ । पाण्डे केही समयअघि सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी थिए । उनले सोमबारबाटै कार्यभार सम्हालेका छन ।चार्टर्ड एकाउन्टेन्ट पाण्डेसँग राष्ट्र बैंकमा काम गरेको ३० बर्षे अनुभव छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फ्लोरिकल्चर एशोसिएशन नेपालले चैत १७ गतेदेखि फ्लोरा एक्स्पो गर्ने

Mon Mar 27 , 2023
फ्लोरिकल्चर एशोसिएशन नेपालले चैत १७ गतेदेखि २० गतेसम्म २४ औं फ्लोरा एक्स्पो गर्ने भएको छ । सोमवार एशोसिएशनले पत्रकार सम्मेलन गर्दै चैत १७ गतेदेखि २० गतेसम्म २४ औं फ्लोरा एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै मेला संयोजक शिवबहादुर खड्काले पुष्प व्यवसायको विकास र […]

यी समाचार पनि पढ्नुहोस्