सूर्य नेपाल च्यालेन्ज मंगलवारदेखि हुने

प्रोफेसनल गल्फर एशोसिएशनको आयोजनामा हुन लागको सूर्य नेपाल गल्फ टुर अन्तर्गतको छैटौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज मंगलवारदेखि हुने भएको छ । काठमाडौंमा सोमवार प्रोफेसनल गल्फर एशोसिएशनले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंगलवारबाट शुक्रवारसम्म आयोजना हुने जनाएको हो । रोयल नेपाल गल्फ क्लवमा हुने चार दिने प्रतियोगिता ७२ होलको हुनेछ । प्रतियोगितामा ३० प्रोफेसनल र आठ एमेच्योर गरी कुल ३८ खेलाडीले सहभागिता जनाउने संघका महासचिव दीपक आचार्यले बताउनु भयो । प्रतियोगितामा साविक विजेता भुवन नगरकोटी, जयराम श्रेष्ठ, सञ्जय लामा, रवी खड्का, राम मगर, सुवास तामाङ, सद्भाव आचार्य लगायतका खेलाडीले सहभागिता जनाउनेछन् । नेपालका नम्बर एक शुक्र राईले भने भारतमा रहेको कारण प्रतियोगिता गुमाउने छन् ।
प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ६५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी तेस्रोदेखि दशौं स्थान हासिल गर्नेले क्रमशः ४६, ३८, ३४, ३०, २७, २४, २२ र २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसबाहेक शीर्ष २१ मा पर्नेले समेत नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा हरेक दिन १८ होलको खेल हुनेछन् ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सवारी अनुमति पत्र अब ३ दिनमा दिन्छौँः मन्त्री श्रेष्ठ

Mon Mar 27 , 2023
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सवारी अनुमति पत्र (लाइसेन्स) को पर्खाइमा बसेका सवारी चालकले ३ दिनमा पाउने बताउनुभएको छ । सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उपप्रधानमन्त्री श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिना तीन दिनका आफूले गरेका काम सार्वजनिक गर्दै अबको ८ महिनापछि सवारी चालकले सहज रुपमा […]