स्वच्छ उर्जा र जलस्रोतको विकासबाट नै नेपालको समृद्धि सम्भव छः मुख्यसचिव बैरागी

नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले स्वच्छ उर्जा र जलस्रोतको विकासबाट नै नेपालको समृद्धि सम्भव भएको बताउनुभएको छ । बुधवार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको मुल समारोह कार्यक्रममा बोल्दै मुख्यसचिव बैरागीले यस्तो बताउनुभएको हो । उहाँले नेपाल जलस्रोतमा धनी भएकाले स्वच्छ उर्जाको विकास गरी मुलुकलाई समृद्धितर्फ लैजान आवश्यक रहेको बताउनु भयो । उहाँले मुलुकभित्र रहेको पानीलाई धनमा परिणत गरी समृद्धि ल्याउने माध्यम बनाउन सक्नुपर्ने बताउनु भयो । मुख्यसचिव वैरागीले मुलुकभित्र भएको पानीलाई पैसामा परिणत गर्न चुनौति रहेको बताउनु भयो । उहाँले स्वच्छ उर्जा छ भन्दैमा आवश्यकता भन्दा बढी प्रयोग गर्न नहुने बताउनु भयो । उहाँले सरकार उपभोक्ता कर्मीहरुसँग छलफल गर्न तयार रहेको बताउनु भयो । उहाँले उपभोक्ता अधिकारका लागि बनेका कानूनी र नीतिगत संरचना प्राप्त छ वा छैन भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले उपभोक्ता अधिकारको विषय संघ,प्रदेश,स्थानीय तह र अधिकार कर्मीहरुको साझा विषय भएको भन्दै समन्वय गरेर जानुपर्ने बताउनु भयो । उहाँले शहरको राम्रो कोठामा बसेर उपभोक्ता अधिकारका राम्रा कुरा गरेपनि दूरदराजमा बस्ने नेपालीहरु उपभोक्ता अधिकार र हकको विषयमा पूणर् रुपमा जानकारी नभएको बताउनु भयो ।
त्यस्तै,उद्योग वािणज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले उपभोक्ता अधिकारको विषयमा सरकारले तीन करोड जनताको घरघरमा पुगेर सचेतना दिन नसक्ने बताउनु भयो । उहाँले सरकारले सचेतना गरिदिने काम मात्रै भएको बताउनु भयो । उहाँले उपभोक्ता अधिकारको लागि सबैभन्दा ठूलो निरीक्षण कर्ता भनेको नागरिक आफँै भएको बताउनु भयो ।
उहाँले उपभोक्ता अधिकारको सुधार गर्दा गुणस्तरियता पनि थप्दै जानुपर्ने आवश्यकता रहेको बताउनु भयो । कार्यक्रममा नेपाल राष्ट्रिय उपभोक्ता महासंघलाई प्रतिनिधिलाई बोल्न नदिएको भन्दै कार्यक्रममा होहल्ला भएर विवाद भएको थियो । उद्घोषकले महासंघका प्रतिनिधि चन्द्र साउदलाई मन्तव्य राख्न दिएसँगै सहज ढंगले कार्यक्रम भएको थियो ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थानीय तहलाई बजार अनुगमनको अधिकार दिएपनि कार्यान्वयन गर्न दिइएको छैनः सुनिता डंगोल

Wed Mar 15 , 2023
काठमाडौं महानगरपालिकी कार्यवाहक मेयर सुनिता डंगोलले स्थानीय सरकारलाई ऐनमा बजार अनुगमनको अधिकार दिएपनि कार्यान्वयन गर्नलाई हात बाँधी दिएको गुनासो गर्नुभएको छ । बुधवार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको मुल समारोह कार्यक्रममा बोल्दै उप-प्रमुख डंगोलले ऐनमा स्थानीय तहलाई बजार अनुगमनको अधिकार दिएपनि कार्यान्वयन गर्ने अधिकार खोसिदिएको गुनासो गर्नुभएको […]