पोषण शिक्षासम्बन्धी सचेतना अभियान शुरु गर्न जरुरीः मन्त्री भुसाल

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले खाद्य शिक्षा र पोषण शिक्षासम्बन्धि सचेतना अभियान शुरु गर्न जरुरी रहेको बताउनुभएको छ । बुधवार विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले खाद्यान्न स्वच्छ, सफा हुनुपर्ने, खाद्यको सुरक्षा हुनुपर्ने भन्नेकुरा निश्चित समूहमा मात्रै पुग्ने गरेकाले आम मानिसमा यसको प्रचारप्रसार हुन जरुरी रहेको बताउनु भयो । उहाँले खाद्य शिक्षा र पोषण शिक्षाका बारेमा सचेताना अभियानका मन्त्रालयले रकम छुट्याएर काम गर्नेपनि प्रतिवद्धता जनाउनु भयो । उहाँले एकले अर्कोलाई ढाँट्नु भनेको अपराध भएकाले सबैले कसैलाई पनि नढाँटी काम गर्न जरुरी रहेको बताउनु भयो । उहाँले खाद्य स्वच्छता सम्बन्धी विधेयक गत वर्ष नै राष्ट्रिय सभाबाट पारित भइ प्रतिनिधि सभामा अड्किएको र आफूले संसदमा प्रश्तुत गर्न सभामुखसँग आग्रह गरिसकेकाले अब चाँडै नै खाद्य स्वच्छता सम्बन्धी विधेयक संसदमा आउने बताउनु भयो ।
कार्यक्रममा उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले खाद्य स्वच्छता तथा गुणस्तर ऐन संविधान निर्माण भएको तीन वर्ष भित्र आउनुपर्नेमा अहिलेसम्म नआएकोप्रति आपत्ति जनाउनु भयो । उहाँले मौलिक हकको तर्फबाट आउनुपर्ने ऐन नै नआउँदा समस्या भइरहेको बताउनु भयो । उहाँले मन्त्री भुसाललाई हिउँदे अधिवेशनमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन ल्याइसक्ने प्रतिवद्धता जनाउन आग्रह गर्नुभयो ।
खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधारस्तम्भ भन्ने नारासहित यस वर्षको विश्व खाद्य स्वच्छता दिवस मनाइएको छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिहिबार १ हजारले घट्यो सुनको मूल्य

Thu Jun 8 , 2023
आज बिहिवार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोवार भईरहेको छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७ सय रुपैयाँ रहेको थियो । त्यस्तै, तेजाबी […]