बिहिबार १ हजारले घट्यो सुनको मूल्य

आज बिहिवार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोवार भईरहेको छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार १ सय ५० रुपैयाँ तय भएको जनाएको छ । हिजो तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार १ सय ५० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो यसको मूल्य तोलामा १ हजार ४ सय २० रुपैयाँ रहेको थियो ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शेयर बजारमा सिमित व्यक्तिहरुले मात्रै फाइदा उठाउने कुरा स्वीकार्य छैनः मन्त्री महत

Thu Jun 8 , 2023
अर्थमन्त्री डा. प्रकाशशरण महतले ५६ लाख शेयर लगानी कर्ताको नाम लिइ सिमित व्यक्तिहरुले मात्रै फाइदा उठाउने कुरा सह्य नहुने बताउनुभएको छ । नेपाल धितोपत्र बोर्डको ३१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शेयर मार्केट सिमित व्यक्तिको फाइदा पुग्ने माध्यमको रुपमा मात्रै सिमित बन्नु नहुने बताउनु […]