काठमाडौं । सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । बुधबार सिंहदरबारमा सभामुखले बजेट अधिवेशनबारे प्रमुख सचेतकहरूसँग छलफल गरेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । विगतमा उल्टो अभ्यास भएको भन्दै उनले यो वर्ष नीति तथा कार्यक्रम पारित गर्ने र त्यसको आधारमा मात्र बजेटका प्राथमिकताहरु संसदमा ल्याउने गरी कार्यसूची बनाएको पनि जानकारी दिए ।
बैठकमा शिक्षा विधेयकलाई पारित गर्न प्राथमिकता दिने कुरामा पनि ऐक्यवद्धता भएको छ । संसदमा आउने वित्तिकै दर्ता भएपछि एक दिन पनि पर नधकेलिकन कार्यसूचीका अन्य कामलाई होल्ड गरेर पनि शिक्षा विधेयकलाई पारित गर्ने विषयमा छलफल भएको उनले जानकारी दिए ।
त्यस्तै, १४,१५र १६ गते लगातार तीन दिन बैठक चलाउने र अड्कीएका विधेयकहरुलाई टुङ्गो लगाउने पनि उनले बताए ।
‘१४,१५र १६ गते हामी लगातार तीन दिन बैठक चलाउँछौं र त्यस दिनमा केही विधेयकहरुलाई टुङ्ग्याउँछौं । पाँचौं अधिवेशनमा प्रतिपक्षको विरोधका कारण अड्केका विधेयकहरु टुुङ्ग्याउँछौं ।’उनले भने,

