टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको गाजियनटेपमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय बिहान ४ः१७ मा गाजियनटेप सहर नजिक १७.९ किलोमिटर (११ माइल) गहिराईमा ७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का राजधानी अंकारा र टर्कीका अन्य सहरहरू र यस क्षेत्रमा पनि महसुस गरिएको थियो। भुकम्पका कारण धेरै भवनहरू ध्वस्त […]
अन्तराष्ट्रिय
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै कायम रहेकोे रिपोर्ट सार्वजनिक गरेको छ । ट्रान्सपरेन्सीले मंगलवार भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) रिपोर्ट सार्वजनिक गरेको हो । भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) रिपोर्टमा २०२२ मा नेपालले १०० मा ३४ अंकमात्रै प्राप्त गरेर भ्रष्टाचार हुने मुलुकको ११० औं स्थानमा परेको देखाएको छ । […]
अमेरिकाको टेक्सासमा ट्रक (लरी) भित्र ४० जना आप्रवासीको शव फेला परेको छ । टेक्सासको सान एन्टोनियो भन्ने स्थानको दक्षिण पश्चिम क्षेत्रको रेलको लिक नजिक फेला परेको लरीभित्र शव भेटिएको बीबीसीले जनाएको छ । उनीहरु कुन देशका नागरिक हुन् र उनीहरुको मृत्यु कसरी भयो भन्ने एकीन भएको छैन । घटनास्थल अमेरिका-मेक्सिको […]
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को महानिर्देशकमा पुनः डाक्टर ट्रेडोस अधानोम गेब्रेयसस नियक्त भएका छन् । उनलाई डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले आगामी पाँच वर्षे कार्यकालका लागि पुनः महानिर्देशकमा निर्वाचित गरेका हुन् । पहिलो कार्यकाल सकिएपछि जेनेभामा भएको ७५औं विश्व स्वास्थ्य सम्मेलनबाट उनी पुनः अर्को कार्यकालका लागि निर्वाचित भएका हुन् ।
अमेरिकाको टेक्सासमा गोली चल्दा १८ बालबालिका र एक शिक्षकको मृत्यु भएको छ । टेक्सस राज्यस्थित एक प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गरेको बीबीसीले जनाएको छ । यो विद्यालदयमा १० वर्षसम्मका बालबालिकाहरू अध्ययन गर्ने गर्छन् । रब एलिमेन्ट्री स्कुलमा १८ वर्षीय बन्दुकधारीले एक प्राथमिक विद्यालयमा हमला गर्दा उनीहरुको मृत्यु भएको जनाएको […]
फागुन १२,काठमाडौं । रुस र युक्रेनबीच भइरहेको तनावलाई रोक्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । बुधवार मानव अधिकार तथा शान्ति समाजले रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न माग गर्दै नेपालस्थित रुसी राजदुतावास अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी मानव अधिकार कर्मीहरुले युक्रेनमाथि […]
पुष ८,काठमाडौं । म्यान्मारमा बहुमूल्य रत्न ‘जेड’ को खानीमा बुधबार गएको पहिरोमा कम्तीमा सय जना बेपत्ता भएका छन् । अधिकारीहरूका अनुसार अधिकांश मजुदुरहरु गैरकानुनी रूपमा खानी उत्खनन कार्यमा संलग्न थिए । उद्धारकर्ताहरूले पाकान्ट स्थित खानी नजिकैको तालमा हराइ रहेकाहरूको खोजी गरिरहेका छन् । हालसम्म एक जनाको मृत्यु भएको पुष्टि भएको छ । […]
पुष ४, काठमाडौं । इराकको स्वशासित राज्यकुर्दिस्तानमा शुक्रबार बढीले बगाउँदा दोलखाका पाल्देन शेर्पा र मोरङका औराज राईको ज्यान गएको छ । कुर्दिस्तान नेपाली समाजका अनुसार कुर्दिस्तानको अर्विलमा बाढीले उनीहरु सवार सवारी साधनलाई बगाउँदा शेर्पा र राईको ज्यान गएको हो । इराकमा आएको अविरल वर्षापछि बाढीले अर्विल लगायतका क्षेत्रहरुमा ठूलो क्षतिपुगेको […]
भदौ १८,काठमाडौ । उत्तर कोरियामा बालबालिका अपहरण गरी ठूलो मात्रामा फिरौती रकम लिने गरेका विवरण सार्वजनिक भएका छन् । भोकमरीको चपेटामा परेकाले जीविकोपार्जनका लागि गरिबले धनीका सन्तान अपहरण गरेर फिरौती लिने गरेका हुन् ।सन् १९९० को दशकमा देखिएको खडेरीपछि भोकमरी हुँदा ३० लाख उत्तर कोरियालीले अकालमा ज्यान गुमाएका थिए । […]