युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले रग्बीबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने बताउनुभएको छ । भक्तपुरस्थित सानोठिमी चौरमा शनिवारबाट आयोजना भएको राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको उद्घाटनपछि बोल्दै युवा तथा खेलकुदमन्त्री लिम्बूले सगरमाथाको देश, बुद्धको देशबाट नेपाल अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाए जस्तै रग्बीले पनि अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउनसक्ने बताउनुभएको हो । त्यसका […]

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालमा घोषणा गरेको राष्ट्रिय खेल भलिबलको अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा उद्घाटन गर्न पाउँदा खुशी लागेको बताउनु भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना भएको काभा महिला च्यालेन्ज कपको उद्घाटनपछि बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा घोषणा भएको भलिबलको उद्घाटन गर्न पाउँदा खुशी लागेको बताउनु भएको हो […]

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा सबै किसिमको वातावरण भएको भन्दै नेपाललाई विश्वकै ‘स्पोर्टस हब’ का रुपमा विकास गर्न सकिने बताउनुभएको छ । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको खेलकुद पूर्वाधार नीति सम्वाद-२०७९ लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नीतिगत रुपले पूर्वाधरको विकास गर्न सके नेपाल अन्तर्राष्ट्रिय स्तरमै खेलकुद हब बन्नसक्ने बताउनु भयो । […]

प्रोफेसनल गल्फर एशोसिएशनको आयोजनामा हुन लागको सूर्य नेपाल गल्फ टुर अन्तर्गतको छैटौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज मंगलवारदेखि हुने भएको छ । काठमाडौंमा सोमवार प्रोफेसनल गल्फर एशोसिएशनले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंगलवारबाट शुक्रवारसम्म आयोजना हुने जनाएको हो । रोयल नेपाल गल्फ क्लवमा हुने चार दिने प्रतियोगिता ७२ होलको हुनेछ । प्रतियोगितामा […]

प्रधानमन्त्री थ्रि नेसन्स कप फुटबल प्रतियोगिता चैत्र ८ गतेदेखि १७ गतेसम्म हुने भएको छ । सोमवार पत्रकार सम्मेलन गरी अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसबारे जानकारी गराएको हो । थ्रि नसेन्स कपमा नेपाल, भुटान र लावसले प्रतिष्पर्धा गर्नेछन् । तीन राष्ट्रहरुले दशरथ रंगशालामा सिंगल राउण्ड रोविनको आधारमा खेल हुनेछ […]

भ्रमणकारी टोली संयुक्त अरब एमिरेट्स (युएई) लाई आईसिसी विश्वकप लिग-२ को अन्तम खेलमा डकवर्थ लेविस पद्धतिको आधारमा ९ रनले पराजित गर्दै नेपालले सिधै विश्वकप छनोटमा स्थानमा बनाएको छ । लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको अन्तिम खेलमा युएईलाई हराउँदै शीर्ष तीन अटाउँदै विश्वकप छनोट खेल्न योग्य भएको हो । विश्वकप […]

ओपनर आसिफ शेखको अर्धशतक र स्पिनर सन्दीप लामिछानेको पाँच विकेटको सहयोगमा सोमवार नेपालले आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा पपुवान्युगिनी (पिएनजी) माथि नौ विकेटको सानदार जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा विकेटको हिसावले नेपालको यो सर्वाधिक ठूलो जित […]

आईसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलाको आफ्नो दोस्रो खेलबाट पपुवान्युगिनी (पिएनजी) ले पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा शुक्रवार सम्पन्न खेलमा पिएनजीले संयुक्त अरब इमिरेट्स (युएई) लाई ५६ रनले पराजित गर्दै पहिलो जित निकालेको हो । ३३ खेल मध्येबाट १६ औं हार भोगेको युएईको लिग-२ […]

विभागीय टोली एपीएफ क्लव शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार थ्री स्टार क्लवलाई २-० गोल अन्तरले हराउँदै एपीएफले सुखद् शुरुवात गरेको हो । एपीएफको जितमा मणिकुमार लामा र अर्मान्ड बिडोमले एक/एक गोल गरे । खेलको ७२ औं मिनेटमा मणिले फ्रिकिकमार्फत गोल गर्दै […]

नवप्रवेशी एफसी खुमलटारले शहीद स्मारक ए डिभिजन लिगमा विजयी शुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रवार भएको उद्घाटन खेलमा फ्रेण्ड्स क्लवलाई १-० गोल अन्तरले हराउँदै खुमलटारले सुखद् शुरुवात गरेको हो । खुमलटारको जितमा मेसुके ओलुमोउले निणर्ायक गोल गरेका थिए । उनले ८९ औं मिनेटमा आएर गोल गरेका थिए । […]