संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले विदेशी पर्यटकको पहिलो गन्तव्यस्थल नेपाललाई बनाउनुपर्ने बताउनुभएको छ । आईतवार पर्यटन मन्त्रालयमा काठमाडौं विश्व विद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबीच भएको सम्झौता कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो नेपालमा पर्यटकको संख्या बढाउँदै विदेशीको लागि पहिलो गन्तव्यस्थल नेपाललाई बनाउनुपर्ने बताउनुभएको हो । उहाँले […]

इन्स्टा एजुकेशनल कन्सल्टेन्सी एण्ड भिसा सर्विसेजको ब्राण्ड एम्बास्डरमा नायिका तथा मोडल नम्रता सापकोटा नियुक्त हुनुभएको छ । आईतवार एक कार्यक्रमबीच विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै सञ्चालनमा आएको कन्सल्टेन्सी र नायिका नम्रताबीच सम्झौता पत्र आदानप्रदान भएको हो । उहाँ ब्राण्ड एम्बास्डरमा नियुक्त हुनुअघि कन्सल्टेन्सीको नेपाल कार्यालय उद्घाटन गरिएको थियो […]

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ । बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) एसईईको नतिजा सार्वजनिक गरेको छ। नतिजा अनुसार ४ लाख ९५ […]

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै विद्यार्थी संगठनले बिरोध प्रदर्शन गरेका छन् । आईतवार नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ र माओवादी निकट अनेरास्ववियू अखिल क्रान्तिकारीले बालुवाटारमा बिरोध प्रदर्शन गरेको हो । गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको आरोप लागेपछि गभर्नरबिरुद्ध आन्दोलन भएको […]

सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० मा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका ७० अर्ब ५ करोड विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आईतवार संघीय संसदको दुवै सदनमा प्रश्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको बजेटमा यस्तो घोषणा गर्नुभएको हो । उहाँले शिक्षामा पहुँच बिस्तार गर्नुका साथै पूर्वाधार निर्माण र गुणस्तर सुधार […]

नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले लिएको लाइसेन्स परीक्षामा ६८ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् । काउन्सिलले बिहीबारदेखि शनिबारसम्म लिएको एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षाको नतिजा शनिबार साँझ प्रकाशन गरेको हो । परीक्षामा सहभागीमध्ये ३१ दशमलव ८४ प्रतिशत मात्रै अनुत्तीर्ण भएको काउन्सिलले जानकारी दिएको छ । परीक्षामा एक हजार चार सय […]

संसदीय समितिले विद्यालय तहको पाठ्यपुस्तकको बाँकि छपाई एक महिना गरी सम्पन्न गरी विद्यार्थीहरुको हातहातमा पुर्‍याउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बुधबारको बैठकले विद्यालय तहको पाठ्यपुस्तकको बाँकि छपाई एक महिना भित्र छपाई सम्पन्न गरी विद्यार्थीहरुको हातहातमा पुर्‍याउने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र […]

विद्यालय तहको पाठ्यपुस्तक छपाईको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले स्थानीय तह निर्वाचन र रुस-युक्रेन युद्धका कारण काम गर्न नसकिएको बताएको छ । देशभर पाठ्यपुस्तकको अभाव भईरहेका बेला केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले स्थानीय तह निर्वाचन र रुस-युक्रेन युद्धका कारण कागजको अभाव हुँदा समयमै पाठ्यपुस्तक छपाई गरी विद्यालयहरुमा पठाउन […]

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा मेडिकल कलेज संचालन हुनु भएको छ । राष्ट्रपति विद्या भण्डारीले मंगलबार प्रस्तुत गर्नु भएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयको सहकार्यमा डडेलधुरामा मेडिकल कलेज संचालन गर्ने उल्लेख गरिएको हो । त्यसैगरी सबै प्रदेशमा कम्तिमा दुई/दुई वटा मेडिकल कलेज स्थापना गर्ने पनि […]

  सरकारले आगामी आर्थिक वर्षदेखि देशभरका माध्यामिक तहका सामुदायिक विद्यालय र सामुदायिक अस्पतालमा इन्टरनेटको न्यूनतम शुल्कमा ५० प्रतिशत सहुलियत उपलब्ध गराउने भएको छ । मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आ.व. २०७९/८० को नीति तथा कार्यक्रम प्रश्तुत गर्नुहुँदै ग्रामिण दूरसञ्चार प्रविधि कोषको उपयोग गरी आगामी आर्थिक वर्षदेखि देशभरका माध्यामिक तहका सामुदायिक […]