नाडा अटो सोमा गाडीका नयाँ ब्रान्ड आउने

काठमाडौंको भृकुटीमण्डपमा भदौ ११ देखि १६ गतेसम्म नाडा अटो सो हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसनले
अटो सोमा सहभागी हुने कम्पनी छनोट गरिसकेको जनाएको छ । अटो सोमा चारपांग्रे, दुईपांग्रे सवारी साधन, ब्याट्री
तथा स्पेयर पार्ट्स लगायतका स्टल रहने नाडा अटोमोबाइल्स एसोसिएसनले जनाएको छ । विगतका वर्षमा
पेट्रोल÷डिजेलका नयाँ गाडी ग्राहकको रोजाई हुने गरेकोमा नाडा अटो सो २०२४ मा विद्युतीय नयाँ ब्रान्ड र नयाँ
मोडल आकर्षणको केन्द्रमा रहने सरोकारवालाको भनाइ छ ।
२०२४ को नाडा अटो सोमा टाटा, हुन्डाई, नेटा, स्काई वेल, आयन, सेरेस, किया, सिट्रोन, सुजुकी, डिप्पल, बीवाईडी,
ओमोडा, एमजी ब्रान्डले स्टल बुकिङ गरिसकेको अटोमोबाइल्स एसोसिएसनले जनाएको छ ।
नाडा अटो सोमा आधा दर्जन भन्दा बढि गाडीका नयाँ ब्रान्डको प्रदर्शनीमा रहने नाडा अटोमोबाइल्स एसोसिएसनको
दावी छ । पछिल्लो समय अधिक संख्यामा बिक्री हुने ब्रान्ड बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले नाडा अटो
सोमा नयाँ प्रोडक्ट आउने सम्भावना नरहेको बताएको छ ।

सेयर गर्नुहोस्