१२ वटा बैंकहरुले घटाए निक्षेपको ब्याजदर 

वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ । १२ बैंकहरुले ब्याजदर घटाएका छन् भने ७ वटा वाणिज्य बैंकहरुले ब्याजदर स्थिर राखेका छन् ।
स्टान्डर्ड चार्टर्ड, नबिल, ग्लोबल आईएमई, लक्ष्मी सनराइज, सिटिजन्स, माछापुच्छ्रे र कुमारी बैंकले ब्याजदर स्थिर राखेका छन् । २०८१ साउन महिनामा ६.७३ प्रतिशत रहेको मुद्धति निक्षेपको औषत ब्याजदर ०.१९ प्रतिशतले घटेर भदौ महिनाका लागि ६.५४ प्रतिशतमा झारेको छ ।
साउनको तुलनामा भदौमा ब्याजदर घटाउने बैंकमा कृषि विकास, राष्ट्रिय वाणिज्य, एसबीआई, नेपाल, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ, प्रभु, एनएमबी, एनआईसी एसिया, हिमालयन र एभरेस्ट बैंक रहेका छन् ।
त्यसैगरी एउटा बैंक प्राइम कमर्सियल बैंकले भने व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएको छ ।
सेयर गर्नुहोस्