पर्यटन व्यवसायी बसन्तराज मिश्रको आइतबार निधन भएको छ । केही दिनअघि डेंगु संक्रमण भएपछि नर्भिक अस्पतालमा उनको उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको परिवारिक स्रोतले जनाएको छ ।
चार दशकभन्दा लामो समयदेखि पर्यटन व्यवसायमा संलग्न मिश्र टेम्पल टाइगर ग्रुप एण्ड कम्पनीका संस्थापक हुन् । साढे पाँच दशकदेखि पर्यटन व्यवसायमा संलग्न मिश्र वन्यजन्तु पर्यटन विकासमा बढी सक्रिय थिए । ७३ वर्षीय मिश्रले चार दशकअघि भेन्चर ट्राभल स्थापना गरेका थिए । उनको नवलपरासीमा टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट, भेन्चर ट्राभल, ठमेलमा अपार्टमेन्ट लगायत व्यवसाय छन् । मिश्रका श्रीमती, एक छोरा र एक छोरी छन् ।
