काठमाडौं । पूर्व सभामुख दमननाथ ढुंगानाको निधनप्रति नेपाली कांग्रेसले कार्यालयमा झण्डा आधा झुकाउने र एक दिन कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार विहान आकस्मिक बैठक बसेर १३ औं दिनमा केन्द्रमा शोक सभाको आयोजना गर्ने निर्णय समेत गरेको हो ।
ढुंगानाको निधनप्रति बैठकले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण समेत गरेको छ । । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
‘२०८१ मंसिर ३ र ४ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने । २०८१ मंसिर ४ गते मंगलबारका दिन केन्द्रीय कार्यालय बन्द गर्ने । स्वर्गारोहणको १३ औं दिनमा केन्द्रमा शोक सभाको आयोजना गर्ने, बैठकप्रति जारी विज्ञप्तिमा भनिएको छ ।
