नाडा अटो सोका विजेता मोहित कुमार अग्रवालले तीन महिना पछि स्कुटर पाएका छन् । शुक्रबार काठमाडौंमा नाडा अटोमोबाइस एसोसिएसन अफ नेपालले मोहितलाई स्कुटर दिएको हो । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले अग्रवाललाई हिरो जुम स्कुटर हस्तान्तरण गरेका हुन् ।
काठमाडौंको भृकुटीकण्डपमा तीन महिना अघि नाडा अटो सो भएको थियो । मोहित नाडा अटो सो डोर प्राइज लक्की ड्र का विजेता हुन् । हस्तान्तरणका कार्यक्रममा नाडा अटोमोबाइस एसोसिएसन अफ नेपालका पदाधिकारीहरुको उपस्थित थियो ।
