बेइजिङ । नेपाल र चीनबीच आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
मंगरबार चीनको बेइजिङमा दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि उक्त सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
यस्ता छन् नेपाल-चीनबीच भएका सहमति र समझदारी
- टोखा-छहरे सुरुङमार्ग निर्माणसम्बन्धी पत्रको आदानप्रदान
- नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान
- ९ तले वसन्तपुर दरबार निर्माण सम्पन्नको प्रमाणपत्र आदानप्रदान
- भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर
- विकास योजनासम्बन्धी समझदारीपत्र
- आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र
- नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान
- स्वंयसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र
- नेपाल टेलेभिजन र चाइना मिडिया ग्रुप(सीएमजी) बीच सञ्चार प्रविधिबारे समझदारीपत्र
