रवि लामिछाने विरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा) का सभापति रविलामिछाने विरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सभापति रवि विरुद्ध मुद्दा दायर गर्न लागेको हो ।
रवि विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ वटा अभियोग दर्ता गर्ने तयारी सरकारी वकिलको रहेको छ । हाल थुनामा रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, नेटवर्कका सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशीबञ्जाडे, लीलापछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङसहित ५१ जना विरुद्ध आइतबार अभियोग दर्ताको तयारी छ ।

 

सेयर गर्नुहोस्