१० किलो गाँजा सहित तीन भारतीय पक्राउ

बारा । बाराको प्रसौनी बाट प्रहरीले १० किलो गाँजा सहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको कुशीनगर, थाना पटेर्वा, ग्रामपंचायत जबरा बजार निवासी ३८ वर्षीय चालक धर्मेन्द्र गुप्ता, शिवान थाना नौतन, ग्रामपंचायत सेमरा निवासी ४८ वर्षीय चन्द्रभान कुशवाहा, र लखनऊ नगरपालिका, सरोजी नगर, ट्रान्सपोर्ट नगर निवासी ३२ वर्षीय चन्द्रभान श्रीवास्तव रहेका छन्।
इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक सुरेशराज भट्टको नेतृत्वमा खटिएको टोलीले प्रसौनी गाउँपालिका वडा नं. ५ स्थित प्रष्टोका बाट बेलहिया जाँदै गरेको युपी ३२ बिएक्स ४७२६ नम्बरको भारतीय बोलेरो गाडीमा सेतो प्लास्टिकमा प्याक गरिएको गाँजा फेला परेको हो।
प्रहरीले पक्राउ परेका व्यक्ति र गाँजा सहितको बोलेरो गाडीलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारबाही प्रक्रिया अघि बढाएको छ। बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार पक्राउ परेका तीनै जनालाई बाराको जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।

सेयर गर्नुहोस्