काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार बस्दैछ।
कार्य समितिको बैठकका एजेण्डामा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो ।
केन्द्रीय कार्यसमितिको बैठक माघ ११ र १२ गते बस्दैछ। बैठक शुक्रबार धुम्बाराही स्थित एक बैंक्वेटमा बिहान ११ बजे शुरु हुनेछ।
सम सामयिक राजनीतिक परिस्थितिको समीक्षा, सङ्गठन सुदृढीकरण, पार्टीको वडादेखि जिल्ला तहसम्मको अधिवेशनको तयारी लगायत एजेण्डामा छलफल हुनेछ ।
