काठमाडौं । नागरिक उड्डयन प्राधिकरण टुक्राउने गरी बनेको विधेयक संसदमा दर्ता भएको प्रति नेपाल नागरिक उड्डयन प्राधिकरण लोकतान्त्रिक कर्मचारी संघ लगायतका संघ संस्थाले आपत्ति जनाएका छन् ।
मंगलबार विहान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीबद्री प्रसाद पाण्डे समक्ष ध्यानाकर्ष पत्र बुझाउँदै दुई विधेयक दर्ता भएकोप्रति आपत्ति जनाएका हुन् ।
संघका अध्यक्ष गणेश प्रसाद भुसालद्धारा हस्ताक्षरित पत्रमा विगतमा आएको यस्तै आशयको विधेयकको विषयलाई लिएर १५ दिनसम्म सशक्त आन्दोलन पश्चात् स्थगन भएको पनि स्मरण गराइएको छ ।
समग्र कर्मचारी र संस्थाको हितविपरीत पेस भएको विधयेक अघिबढेमा कानूनले दिएको अधिकार प्रयोग गरी चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने पनि संघले चेतावनी दिएको छ । आन्दोलनका कारण नेपाली आकाशको सम्पूर्ण हवाई सेवा ठप्पहुँदा पर्ने दूरगामी असरलाई नजर अन्दाज नगर्न पनि संघले चेतावनीदिएको छ ।
नेपालनागरिक उड्डयन प्राधिकरण लोकतान्त्रिक कर्मचारी संघ नेपाल यातायात मजदुर संघ र इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडरेसनको सदस्य भएकाले उक्त विषयलाई अन्तर्राष्ट्रियकरण गरिने पनि संघले जनाएको छ ।
