बीमा प्राधिरणमा ५ जना सहायक निर्देशक उपनिर्देशकमा बढुवा हुने

काठमाडौं । नेपाल बीमा प्राधिरणमा ५ जना सहायक निर्देशक उपनिर्देशकमा बढुवा हुने भएका छन् । पदपूर्ति सिफारिस समितिले बढुवाका लागि नाम सिफारिस गरेपछि सहायक निर्देशक उपनिर्देशकमा बढुवा हुने भएका हुन् । बढुवा सिफारिस हुनेमा सहायक निर्देशक सबिता थापा, रन्जिता केसी, शम्भु प्रसाद मिश्र, जमुना अर्याल (आचार्य) र केदार भट्ट रहेका छन्।
पदपूर्ति सिफारिस समितिले कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता र तालिमका आधारमा सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारलाई बढुवाका लागि सिफारिस गरेको हो।
यसअघि पदपूर्ति सिफारिस समितिले ४ जना उपनिर्देशकलाई निर्देशकमा बढुवाका लागि सिफारिस गरिसकेको छ ।

 

सेयर गर्नुहोस्