ज्ञानेन्द्र शाही र रघुजी पन्तबीच संसदमा भनाभन, इतिहास पढेर आउन सुझाव

काठमाडौं । नेकपा (एमाले) सांसद रघुजी पन्तले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई आफूसँग बहस गर्ने हो भने इतिहास पढेर आउन भनेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा सांसद पन्तले आफ्नो धारणा राख्ने क्रममा राप्रपाका सांसद शाही उठेर विरोध जनाउन खोजेपछि जवाफमा पन्तले आफूसँग बसह गर्ने हो भने इतिहास पढेर आउन भनेका हुन् ।
साथै उनले राजा महेन्द्रको पालामा (सक्रिय राजतन्त्र) कै पालामा नेपालको चुच्चे नक्शा हराएको आरोप लगाए. । राजा महेन्द्रको पालामा नेपालको चुच्चे नक्शामात्रै नभएर लोकतन्त्रपनि हराएको पन्तको टिप्पणी छ ।
यसैगरी उनले राजनीति तथ्यमा, तर्कमा र यर्थाथमा उभिएर गर्योभने मात्र राजनीति टिकाउ हुने बताए ।

सेयर गर्नुहोस्