काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले केही दिनअघि काठमाडौंको टोखाबाट समातिएको २५ करोड रुपैयाँको मालिक सार्वजनिक गर्न माग गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विगतमा ३५ किलो, ८० किलो परिणाममा सुन समातिए पनि त्यसको मालिक पत्ता नलागेको बताएका हुन् ।
साथै उनले सिरहामा दलितको घर भत्काएर महायज्ञको तयारी गरेको भन्दै घोर भत्र्सना गरे । उनले यो घटनामा सम्बन्धित रहेकाहरुलाई कडा कारवाही गर्नको लागि समेत अनुरोध गरे ।
