काठमाडौं । माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले कुलमान घिसिङ जस्तो योग्य कर्मचारीलाई अपमान गर्ने जुन काम भयो त्यो खेदजनक रहेको बताएका छन् ।
बुधबार प्रतिनिधि सभा बाहिर बोल्दै उनले लोडसेडिङ मुक्त राष्ट्र बनाउन मूल नेतृत्व गरेको घिसिङलाई सम्मान गर्नु सट्टा सरकारले अपमान गरेको भन्दै योखेदजनक भएको बताएका हुन् ।
यसको साथै, कुलमान घिसिङलाई हटाउनु र मन्त्रीज्यूले लोडसेडिङभारतले अन्त्य गरेको हो कुलमानले होईन भन्नु निकै खेदजनक र दुखद कुरा भएको पनि उनको भनाई छ ।
