प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलहरूसँग सहमति जुट्न नसकेपछि सभामुख देवराज घिमिरेले आइतबार (चैत १७गते) बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
सभामुखको सचिवालयका अनुसार अब आइतबार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।
आजै सभामुख घिमिरले संसद्भवनमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । सभामुख घिमिरेले संसद्को अवरोध हटाउनका लागि प्रमुखदलहरूसँग कुराकानी गरेपनि सहमति नजुटेकाले बैठक आइतबारलाई सारेका हुन् ।

सेयर गर्नुहोस्