काठमाडौं । आज (शनिबार) राष्ट्रिय स्वतन्त्रपार्टीको सचिवालय बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।
आकस्मिक अवस्थामा बैठक बस्नुपर्ने भएको हुनाले यो बैठक भर्चुअल माध्यमबाट हुने कार्यवहाक प्रवक्ता मनिषझाले जानकारी दिए ।
बैठकमा विकसित राजनीतिक घटनाक्रमको वारेमा छलफल र पार्टीको आवश्यक कार्यका सम्बन्धमा छलफल हुने पनिउ नले जानकारी दिए ।
